PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आयोगद्वारा प्रदेश प्रमुखलाई निर्वाचन परिणाम हस्तान्तरण



पहिलोपोस्ट

आयोगद्वारा प्रदेश प्रमुखलाई निर्वाचन परिणाम हस्तान्तरण

काठमाडौं: निर्वाचन आयोगले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ। 

प्रदेश प्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। 

प्रमुख आयुक्त डा यादवले प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ललाई प्रतिवेदन बुझाएका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell