PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

क्रिकेट टिमका कप्तान पारस खड्कालाई 'मदन भण्डारी क्रिकेट सम्मान'



पहिलोपोस्ट

क्रिकेट टिमका कप्तान पारस खड्कालाई 'मदन भण्डारी क्रिकेट सम्मान'
फोटो : रासस

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का मदन भण्डारी क्रिकेट सम्मानबाट नगदसहित सम्मानित भएका छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको क्रिकेट कार्निभल को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कप्तान पारसलार्इ २५ हजारसहित सम्मान गरेकी हुन्।

कीर्तिपुरस्थित टी यू मैदानमा आयोजित दुई दिने कार्निभलमा पहिलो दिन नेपालका नेता कलाकार तथा राष्ट्रिय खेलाडीहरुबीच ‘एक्जिविसन म्याच’ भएको थियो। मदन भण्डारी स्पोर्ट्स एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त कार्निभलको राष्ट्रपतिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुभारम्भ गरेका थिए।

महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।

यस्तै कार्निभलमा ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कूल, कलेज र युवा खेलाडीबाट करिब ५०० सहभागी रहनेछ। यीमध्ये उत्कृष्ट १० जनालाई एक वर्षसम्म विभिन्न एकेडेमीमा निःशुल्क प्रशिक्षण र क्रिकेट सामग्री पनि वितरण गरिने मदन भण्डारी स्पोर्ट क्लब क्रिकेट विभागका महासचिव सुमनराज कार्कीले जानकारी दिए।

महोत्सवको दोस्रो दिन क्रिकेटको ‘सम्भावना र चुनौती’ विषयमा सेमिनार आयोजना तथा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell