PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय तेक्वान्दो : सक्षम र यानकुमारी र ज्ञानीलाई स्वर्ण



पहिलोपोस्ट

राष्ट्रिय तेक्वान्दो : सक्षम र यानकुमारी र ज्ञानीलाई स्वर्ण

काठमाडौं : नेपाल प्रहरीका सक्षम कार्कीले राखेप च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुरुष ७४ केजीमुनि शुक्रबार स्वर्ण जितेका छन्। फाइनलमा उनले एपीएफका निरज देउवालाई पराजित गरेका हुन्।

पुरुष ६८ केजीमुनि आर्मीका ज्ञानेन्द्र हमालले स्वर्ण जिते। उनले फाइनलमा नेपाल प्रहरीका विक्रान्त डंगोललाई हराए। ६३ केजीमुनि प्रहरीका वीरबहादुर महराले फाइनलमा आर्मीका निशान्त श्रेष्ठलाई हराउँदै स्वर्ण हात पारे।

महिलाको ६२ केजीमुनि आर्मीका यानकुमारी चौलागाईंले एपीएफकी अनुमाया तामाङ तथा ५७ केजीमुनि आर्मीकी ज्ञानी चुनाराले प्रहरीकी सुष्मा श्रेष्ठलाई हराउँदै स्वर्ण जिते। प्रतियोगिताको अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell