
काठमाडौं : अर्को महिना नामिवियामा हुने आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिए डिभिजन टू प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
फेब्रुहरी ८ देखि १५ तारिखसम्म हुने प्रतियोगिताको नामिविया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग खेल्नेछ। नेपालले फेब्रुअरी ८ मा नामिवियासाग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। त्यही दिन केन्या र युएई तथा ओमान र क्यानडाबीच खेल हुनेछ।
नेपाल र आयोजक नामिवियासहित ६ टोलीले डिभिजन टू मा प्रतिस्पर्धा गर्नेछन्। सिंगल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायर खेलने अवसर पाउनेछन।
प्रतियोगितामा नेपाल, नामिविया, केन्या, युएई, क्यानडा र ओमानले एकआपसमा खेल्नेछन्।
उक्त क्वालिफायरको खेल तालिका पनी यसअघि नै सार्वजिनक भइसकेको छ। १८ खेलपछि डिभिजन टू को च्याम्पियन हुने टोली वान डे क्वालिफायरको समूह ए मा पर्नेछन्। यस्तै डिभिजन टू को रनरअफ क्वालिफायरको समूह बी मा पर्नेछ।
डिभिजन टू को लागि नेपालले अहिले घरेलु मैदानमा तयरी गरिरहेको छ। यस्तै नेपाली टिमको ब्याटिङ कन्सलट्यानटको रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णी शनिवार नेपाल आउँदैछन्। अबको केही दिनमै नेपालको अन्तिम टोली घोषणा गरिने र अर्को साता दुबई टूर जाने नेपालको मुख्य प्रशिक्षक जगत टमाले जनाएका छन्।