काठमाडौं : ‘यो चाइनाको माल हो। यसलाई हामीले ठीक पार्दैछौं। यहाँ मन्त्री सन्त्री बस्छन् रे, मेरो ठिकेदारले भनेको। हाम्रो जिल्लाबाट पनि मन्त्री बन्छन् रे।’
संसद भवनभित्र भेटिएका किशोर रबीन्द्र कुमार राय अमातले यसरी सुनाउँदा अनौठो अनुभूति हुन्थ्यो।
भर्खरै १६ लागेका रबीन्द्र यतिखेर प्रतिनिधि सभा कक्ष बनाउन जुटेका छन्, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा। कानुन निर्माण गर्ने ठाउँमा काम गरिरहेका यी बालकले बनिसकेको कानुन कार्यान्वयन कस्तो छ भन्ने प्रस्टै देखाइरहेका थिए।
यसपटक एसएलसी दिएर गाउँलेहरुसँगै काठको काम गर्न काठमाडौं आएका रबीन्द्र भन्छन्, ‘गाउँमा काठको काम गर्दा थेरै पैसा दिन्छ, त्यहाँ साथीभाइ पनि अहिले छैनन्। सबै अरब गएका छन्। गाउँमा काम गर्न मनै लाग्दैन।’
सिरहाको मौवाहीका रबीन्द्रसँगै आठ जनाले प्रतिनिधि सभाको हल तयारीका लागि काठको काम गर्दैछन्।
प्रतिनिधि सभा बैठक कक्षको कुर्सीलाई ठीक पार्नेदेखि कुर्सीको खोल सिउनेसम्मको जिम्मा आठ जनामा छ जो एकै गाउँका हुन्। कुर्सीको खोल फेर्नमा रबीन्द्रलाई सहयोग गर्छन्, दुलिन्द्र शर्मा बडही।
दुलिन्द्र २४ वर्षका हुन्। दुई पटक विदेश गएर काम गरेर फर्केका। करिब १५ वर्षकै उमेरमा उनले उमेर थपेर नागरिकता बनाए। त्यसपछि पासपोर्ट पनि बन्यो। र, उडे कतार। कतारबाट फर्केपछि फेरि दुबई। तर, पनि उसको घरको आर्थिक अवस्था सुध्रेन।
बीचमै बिहे पनि भयो। ‘म ९ क्लास पढेको। मेरो श्रीमती १० क्लास पढेको,’ हाँस्दै दुलिन्द्रले भने, ‘९ क्लासमा पढ्दा पढ्दै कतार जानु पर्यो। उताबाट आउनासाथ बिहे भयो। कतारबाट आउँदा पैसावाला पनि थिएँ। ह्यान्सम पनि थिएँ त्यही भएर १० क्लास पढ्ने केटीसँग बिहे भयो।’
दुलिन्द्र करिब १० महिनादेखि काठमाडौंमा काम गर्दैछन्। यहाँका कयौं ठूलाठूला घरमा काठ र अल्मुनियमको काम गरिसकेका छन्।
पछिल्लो एक महिनादेखि रबीन्द्र र दुलिन्द्रसहित आठ जना प्रतिनिधि सभाको हल तयार गर्नमा लागेका छन्। उनीहरुले दिनमा आठ घण्टा काम गरे वापत धेरैमा ८ सय ५० रुपैयाँ पाउँछन् भने थोरैमा पाँच सय।
सोही गाउँका ४५ वर्षीय कलिम मुसलमानले प्रतिनिधि सभाका कुर्सीका खोल सिउने गरेका छन्। उनी २२ वर्षदेखि काठमाडौंमा कपडाको काम गर्दैछन्।
‘पहिले काठमाडौंमा काम गर्न त्यति ठीक थिएन। आज त संसद भवनमा काम गर्दैछु,’ मुसलमानले हाँस्दै भने, ‘मधेशीहरुले पनि प्रगति गरेछ।’
माघ पाँच गते राष्ट्रिय सभाको हल तयार भएको छ। अन्तिम दिन दुलिन्द्रले भने, ‘आज अन्तिम काम गर्दैछ। सबै कुर्सीको खोल फेरिसकेँ। भोलिबाट अब संसद भवनमा आउँदिन। अब नेताहरुका लागि छोडिदिएँ।’