PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

प्याड म्यानको रिलिज डेट सर्‍यो, दीपिकाको पद्मावतलाई मैदान खाली



पहिलोपोस्ट

प्याड म्यानको रिलिज डेट सर्‍यो, दीपिकाको पद्मावतलाई मैदान खाली

अक्षय कुमारको फिल्म प्याड म्यानको रिलिज डेट सरेको छ। सञ्जयलीला भन्सालीको चर्चित र विवादित फिल्म पद्मावतले विवादका कारण अन्तिममा भारतको गणतन्त्र दिवशको दिन फिल्म रिलिज गर्ने निर्णय गर्नासाथ बलिउडमा दुई ठूला फिल्मको क्ल्यास हुने निश्चित थियो। तर, अक्षय कुमारको फिल्म फेब्रुअरी ९ मा रिलिज हुने तय भएपछि बक्स अफिसको मैदान दीपिका पादुकोणको फिल्म पद्मावतका लागि खाली भएको छ।
बक्स अफिस ब्याटलमा जोगिन अक्षय कुमार, सोनम कपुर र राधिका अपतेको फिल्मका निर्देशक आर बालकीले रिलिज डेट सारेका हुन्।
 
हिजो रातिमात्रै फिल्मको रिलिज डेट सारिएको हो। यसअघि नै य्यैयारी फिल्मको रिलिज पद्मावतकै कारण सरेको थियो। लगातार विदाको समय पाएकाले पद्मावतका लागि रिलिज डेट निकै अनुकुल हुने भएको छ। अदालतमा मुद्दा खेप्दा यो फिल्मले २०१७ मै रिलिज हुने डेडलाइन गुमाएको थियो।

यद्यपि रिलिज डेट परिवर्तनबारे अक्षयकुमारलाई सोध्दा उनले ठूलो दिनमा जति पनि फिल्म रिलिज हुनसक्ने दावी गर्दै आएका थिए। 
 
फिल्मका निर्देशक भन्सालीको ठूलो लगानी रहेको पद्मावतलाई जोगाउनु चुनौतीपूर्ण थियो। त्यसैले उनले अक्षयकुमारसँग रिलिज डेट सार्नका लागि अनुरोध गरे। सञ्जलीला भन्सालीले निर्माण गरेको फिल्ममा अक्षय हिरो रहिसकेका छन्। 
 
फेब्रुअरी ९ मा प्याड म्यान सिद्धार्थ मलहोत्राको य्यैयरसँग जुध्नेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell