PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

सत्ता हस्तान्तरणमा ढिलाईको कारण संविधान? नेम्वाङ भन्छन्: हाम्रै कमजोरी



पासाङ ठकुल्ला

सत्ता हस्तान्तरणमा ढिलाईको कारण संविधान? नेम्वाङ भन्छन्: हाम्रै कमजोरी
फोटो: नवीना लामा

काठमाडौं: वाम गठबन्धनलाई सत्ता हस्तान्तरणको हतारो छ। तर निर्वाचणमा पराजय भोगेको सत्तारुढ दल नेपाली कांग्रेसले भने संवैधानिक प्रक्रिया पुरा गरेर मात्र सत्ता छाड्ने जनाएको छ।

यस्तो अवस्थाकाबीच वाम गठबन्धनका भातृसंगठनले निर्वाचन आयोगलाई दबाव दिनेदेखि सत्ता हस्तान्तणमा ढिलाई हुनुका कारणबारे छलफल थालेको छ।

सत्ता हस्तान्तरणमा गतिरोध केका कारण? 

यही विषयमा शनिबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीस्थित नेपाल पर्यटन बोर्डमा अन्तरक्रिय कार्यक्रम राख्यो। 

‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकार: अधिकार र कर्तव्य’ विषयक अन्तरक्रियामा एमाले नेता सुभाष नेम्वङ र नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल मुख्य वक्ताका रुपमा सहभागी थिए।

अन्तरक्रियामै संविधानकै कारण सत्ता हस्तान्तरणमा ढिलाई भएकोबारे नेताहरुलाई प्रश्न गरे सहभागीले।

संविधान जारी गर्दा संविधानसभाका सभामुखसमेत रहेका नेम्वाङले भारतका संविधान निर्माता अम्बेडकरको नाम लिँदै भने, ‘एक प्रसंगमा अम्बेडकरले भनेको कुरा म सम्झन्छु। खराब संविधान होईन। खराब हामीमा छ।’ 

सोही प्रसंगमा उनले अघि थपे, ‘संविधानले अधिकार र कर्तव्य बाँड्छ। राज्य सञ्चालन कसरी गर्ने भन्ने कुरा प्रष्ट व्यवस्था गर्छ। तर दुर्भाग्यवश राम्रो संविधानले पनि बुद्धि, विवेक र क्षमता भने बाँड्दैन। त्यो बुद्धि विवेक क्षमता हामी संविधान कार्यन्वयन गर्नेले देखाउन सक्नु पर्छ।’ 

नेम्वाङले यो गतिरोध संविधानको कमजोरीले नभइ हाम्रै कारणले भएको उल्लेख गरे।

‘हामीले कति बुद्धि विवेक क्षमताले देखाउन सक्यौँ म अहिले त्यता तिर जान चाहान्न,’ उनले भने, ‘तर अहिलेको गतिरोध संविधानको कमजोरीको कारणले होईन हाम्रो कारणले गतिरोध देखापरेको हो।’ 

हालै सम्पन्न निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगले देखाएको संबैधानिक जटिलतातिर नेम्वाङले संकेत गरी रहेका थिए। आयोगले देखाएको जटिलताले बहुमत पाए पनि वाम गठबन्धनले सरकार निर्माण गर्न नपाएको आक्रोष उनको भनाइहरुमा थियो।

‘संविधानमा व्यवस्था भए अनुसार संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन दलहरु बाध्य छन्। निर्वाचन आयोगले पनि भन्न सक्थ्यो,’ उनले भने, ‘तर राष्ट्रिय सभा निर्वाचनको तयारी गर्दासमेत नतिजा सार्वजनिक गरेको छैन।’ 

कुटनीतिक शैलीमा उने भने, ‘मेरो आरोप कसैमाथि होईन। संविधानका अक्षरहरुलाई अपव्यख्या गरेर सरकारले आयु लम्ब्याएको विज्ञहरुले आरोप लगाएका छन। कुरा त्यही हो।’ 

नेम्वाङले प्रश्न गरे, ‘जनताले हामीलाई निर्वाचित गरी सक्यो। हामीलाई औपचारिकता प्रदान गर्ने जिम्मा कस्को हो?  जनताको जनादेश दराजमा राख्न मिल्छकी मिल्दैन? ’ 

कसैको कुरा सुनेर जनादेश दराजमा थन्क्याने अधिकार आयोगलाई नभएको उनको भनाई थियो।

‘यसको जिम्मा निर्वाचन आयोगले लिनु पर्छ। निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक गर्न प्रधानमन्त्रीले भुमिका निर्वाह गर्नु पर्छ,’ उनले भने। 
नेम्वाङले अर्को प्रसंगमा भने, ‘नेपालको इतिहासमा वाम गठबनधनले पहिला पटक खराब परीपार्टीको अन्त्य गरी असल परिपार्टीको सुरुवात गरेको छ।  अब पार्टी एकताको बिकल्प छैन।’ 

पार्टी एकताबारे व्यवस्थापनमा समस्या आएको हल्ला निराधार रहेको स्पष्ट पार्दै उनले भने, ‘दुई अध्यक्षबीच छलफल भैरहेको छ। पार्टी एकताको लागि निष्कर्षमा पुगिराख्नु भएको छ। पार्टी एकता हुन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell