PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • कञ्चनपुर आन्दोलनका घाइते काठमाडौँ रिफर

    कञ्चनपुर आन्दोलनका घाइते काठमाडौँ रिफर

    धनगढी : कञ्चनपुरमा गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई काठमाडौं रिफर गरिएको छ। आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका भण्डारीलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको हो।   कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो।  घाइते भण्डारीको खुट्टाको नशामा गोली लागेकाले यहाँ उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको उपचारमा संलग्न सर्जन डा.…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश

    कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश

    कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिउँसो ३ बजेदेखि महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। निर्मला बलात्कार र हत्या प्रकरणको आन्दोलनले उग्र रुप लिएपछि अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए। यसअघि स्थानीयले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। जसमध्ये तीन जान प्रहरी रहेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • ७ नम्बर प्रदेशको नाम र राजधानीबारे प्रतिवेदन तयार

    ७ नम्बर प्रदेशको नाम र राजधानीबारे प्रतिवेदन तयार

    धनगढी : ७ नम्बर प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिले २२ दिनपछि प्रतिवेदन बुझाएको छ। तीन पटकको म्याद थपपछि समितिले आज सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।  साउन १४ गते नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिलाई एक हप्ताको समय दिएको थियो। तर, सुझाव संकलनका लागि पर्याप्त छलफल गर्न…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनाका वादी र प्रतिवादीलाई घटनाका साक्षी उपस्थित गराउन आदेश

    टीकापुर घटनाका वादी र प्रतिवादीलाई घटनाका साक्षी उपस्थित गराउन आदेश

    धनगढी : कैलाली जिल्ला अदालतले टीकापुर घटनाका वादी र प्रतिवादीलाई घटनाका साक्षी उपस्थित गराउन आदेश दिएको छ। टीकापुर घटनाको करिब तीन वर्ष पछिको पहिलो पेशीले उक्त आदेश दिएको छ। न्यायाधीश पर्शुराम भट्टराईको इजलासले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको जिल्ला अदालका श्रेष्तेदार इन्द्र बहादुर कठायतले जानकारी दिए। करिब तीन वर्षपछि टीकापुर घटनाको पहिलो पेशी साउन…

    विस्तृतमा पढ्नुस्

  • चार वर्षे छोरालाई झुन्ड्याएर मारेपछि आमाले लगाइन् पासो, दुवैको शव पोस्टमार्टमका लागि अस्पतालमा

    चार वर्षे छोरालाई झुन्ड्याएर मारेपछि आमाले लगाइन् पासो, दुवैको शव पोस्टमार्टमका लागि अस्पतालमा

    धनगढी : कैलालीमा छोराको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन्। बर्दगोरीया गाउँपालिका–२, कुम्भियाकी २१ वर्षीया सीतादेवी डंगौरा थारुले चार वर्षका छोराको हत्या गरेर आत्महत्या गरेकी हुन्।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीका अनुसार थारुले सोमबार दिउँसो छोराको हत्या गरेकी हुन्। उनले छोराको हत्यापछि आत्महत्या गरेको जानकारी प्रहरीको अनुसन्धानमा देखिएको हो।  यसबारे प्रहरीले शंकास्पद व्यक्तिसँग सोधपुछ…

    विस्तृतमा पढ्नुस्

  • तीन सन्तानसहित सेतीमा हामफालिन धौली, ५ दिनपछि खुलासा : एकको उद्धार, बाँकी वेपत्ता

    तीन सन्तानसहित सेतीमा हामफालिन धौली, ५ दिनपछि खुलासा : एकको उद्धार, बाँकी वेपत्ता

    धनगढी : प्रदेश नम्बर ७ को डोटी जिल्लामा एक महिलाले दुई छोरा र १ छोरी सहित नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ।   डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ की २८ वर्षीया धौली बोहराले १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहरा सहित सेती नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय डोटीका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ मा २५ अर्बको बजेट

    प्रदेश ७ मा २५ अर्बको बजेट

    धनगढी : प्रदेश नम्बर ७ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याएको छ।  २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेटमा चालु तर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पूँजीगत तर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ बजेट राखिएको छ। आर्थिक मामिला मन्त्री झपट बोहराले आजको प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। …

    विस्तृतमा पढ्नुस्

  • बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट प्रकरणः मुख्य अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश

    बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट प्रकरणः मुख्य अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश

    धनगढीः जिल्ला अदालत कैलालीले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने तीन जनालाई दोषी ठहर गरेको छ। अदालतले तीन जनालाई सफाइ दिएको छ।  कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीसहित तीन जनालाई दोषी ठहर गरेको अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए। अदालतले भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने आदेश…

    विस्तृतमा पढ्नुस्

  • डडेल्धुराको गन्यापुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारको मृत्यु

    डडेल्धुराको गन्यापुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारको मृत्यु

    डडेल्धुरा: डोटीको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकको उपचारको क्रममा निधन भएको छ।  गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।  आज बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो। दुर्घटनामा परी डोटीको आदर्श गाउँपालिका वडा २…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ सरकारको सय दिन: आफ्नै कामप्रति असन्तुष्ट मुख्यमन्त्री, 'सम्मान थाप्दैमा सकियो' - प्रतिपक्षी

    प्रदेश ७ सरकारको सय दिन: आफ्नै कामप्रति असन्तुष्ट मुख्यमन्त्री, 'सम्मान थाप्दैमा सकियो' - प्रतिपक्षी

    धनगढी: प्रदेश ७ को सरकारले आज एक सय दिनको कार्यकालको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। फागुन ५ गते गठन भएको प्रदेश सरकार आफ्नो एक सय दिनको कार्यकालप्रति सन्तुष्ट भने देखिएको छैन।  प्रदेशको अस्थायी मुकाम धनगढीमा एक सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट स्वयंले जनअपेक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको बताए।  मुख्यमन्त्रीले नै जनअपेक्षा अनुसार काम गर्न नसके…

    विस्तृतमा पढ्नुस्

  • भरियामात्र होइन, मालिक पनि पक्रिन्छौं : गृहमन्त्री थापा

    भरियामात्र होइन, मालिक पनि पक्रिन्छौं : गृहमन्त्री थापा

    धनगढी : गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करीमा संलग्न भरियादेखि मालिकसम्मलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताएका छन्।  आज प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएका हुन्।  सञ्चारकर्मीले लागूऔषधदेखि सुन तस्करीसम्मका घटनाहरुमा भरिया पक्राउ परे पनि मालिक किन पक्राउ पर्दैनन्? भनेर थापालाई प्रश्न गरेका थिए।  प्रतिउत्तरमा गृहमन्त्री थापाले अब भरियासहित मालिकलाई पनि पक्राउ गरिने बताए।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ मा सुरु भयो ‘हेलो सिएम', पहिलो गुनासो : 'धनगढीमा ट्राफिक जाम बढ्यो'

    प्रदेश ७ मा सुरु भयो ‘हेलो सिएम', पहिलो गुनासो : 'धनगढीमा ट्राफिक जाम बढ्यो'

    धनगढीः प्रदेशका जनतासँग प्रदेश सरकार जोड्ने उद्देश्यले प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा ‘हेलो सिएम’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषदको कार्यालय धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर ‘हेलो सिएम’कार्यक्रमको सुरु गरेका हुन।  प्रदेशबासीका गुनासा र समस्याहरूलाई सम्बोधन गर्न टोल फ्री नम्बर १६६०–९१५२२३ सञ्चालनमा ल्याइएको छ। यो टोल फ्री नम्बर प्रत्येक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रमप्रति उपेन्द्र यादवको असन्तुष्टि: 'सहयोगी दललाई वास्तै गरेनन्'

    सरकारको नीति तथा कार्यक्रमप्रति उपेन्द्र यादवको असन्तुष्टि: 'सहयोगी दललाई वास्तै गरेनन्'

    धनगढीः सरकारले मुलुकको नीति तथा कार्यक्रम निर्माण गर्दा सहयोगी दललाई नसमेटेकोप्रति संघिय समाजवादी फोरमले असन्तुष्टी व्यक्त गरेको छ।  संघिय प्रेस फोरम नेपालले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी व्यक्त गरेका हुन्।  'केन्द्रीय सरकारमा हामी सहभागी नभएपनि समर्थन गरेका छौँ। विश्वासको मत दिएका छौँ। र, सरकारलाई सहज हुने गरी सहयोग गरिरहेका छौँ,’ अध्यक्ष यादवले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ को कांग्रेस संसदीय दलमा डा रावल सर्वसम्मत

    प्रदेश ७ को कांग्रेस संसदीय दलमा डा रावल सर्वसम्मत

    धनगढीः नेपाली कांग्रेसले प्रदेश ७ को संसदीय दलको नेतामा डा रणबहादुर रावललाई चयन गरेको छ। आइतबार बसेको कांग्रेसको  बैठकले सर्वसहमतिमा उनलाई चयन गरेको हो। रावल कैलाली क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका हुन्। संसदीय दलको नेताका लागि रावल, कर्ण मल्ल र भरत खड्काले दावी गर्दै आएका थिए।  संसदीय दलको नेता चयनको लागि तीन दिनबाट वैठक जारी थियो। दलको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ मा प्रि–बजेट छलफल आज सकिँदै

    प्रदेश ७ मा प्रि–बजेट छलफल आज सकिँदै

    धनगढीः प्रदेश नम्बर ७ को संसद्को बैठक आज पनि बस्दैछ। अर्थमन्त्री झपट बोहोराले संसदमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुनेछ। छलफल आज नै सक्ने प्रदेशसभा सचिवालयको तयारी छ। अर्थमन्त्री बोहोराले आर्थिक वर्ष २०७५/०७६ को बजेटका सिद्धान्त र प्राथमिकता जेठ २ गतेको बैठकमा पेस गरेका थिए। शुक्रबारदेखि सांसदहरूले छलफलमा भाग लिएका थिए। शुक्रबार १२ जना सांसदले धारणा राखेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उदेश्यकासाथ तीन युवाले सुरु गरे साइकल यात्रा

    पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उदेश्यकासाथ तीन युवाले सुरु गरे साइकल यात्रा

    धनगढीः प्रदेश ७ को पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उदेश्यका धनगढीका तीन जना युवाले धनगढीदेखि खप्तडसम्मको साइकल यात्रा सुरु गरेका छन्। धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्र सिंह धामी तथा गोदावरी नगरपालिका ८ मजगाउँका भरतविक्रम शाही शनिवारदेखि साइकल यात्रा निस्केका छन्। उनीहरूले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीबाट शनिवार यात्रा सुरु गरेका छन्। उनीहरूको टोली ९…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ : प्रदेश सभाका लागि कोठा पुगेन, भवन खाली गर्न शीर्ष नेताको दबाब, जिसस प्रमुख सोध्छन्- सबै दिए हामी कता बस्ने?

    प्रदेश ७ : प्रदेश सभाका लागि कोठा पुगेन, भवन खाली गर्न शीर्ष नेताको दबाब, जिसस प्रमुख सोध्छन्- सबै दिए हामी कता बस्ने?

    धनगढी : प्रदेश संसद सञ्चालनको लागि भवनको अभाव भएपछि कैलाली जिल्ला समन्वय समितिलाई भवन खाली गर्न दबाब बढेको छ।  प्रदेश ७ का राष्ट्रिय नेता तथा प्रदेश सरकारका मन्त्री र संसद सचिवालहरुबाट दबाब आइरहेको छ।  ‘भवन खाली गर्न प्रदेश सातका एमाले उपाध्यक्ष भीम रावलले समेत फोन गरेका थिए,’ स्रोतले भन्यो, ‘रावलले जिल्ला समन्वय समितिलाई खाली अवस्थामा रहेको साविकको जिल्ला शिक्षा कार्यालय भवनमा…

    विस्तृतमा पढ्नुस्

  • शिक्षामन्त्री पोखरेलको सम्पतीः तीन लाख ८० हजार बैंक व्यालेन्स, रुपाकोट रेडियोमा पाँच हजारको सेयर

    शिक्षामन्त्री पोखरेलको सम्पतीः तीन लाख ८० हजार बैंक व्यालेन्स, रुपाकोट रेडियोमा पाँच हजारको सेयर

    काठमाडौंः शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसँग सम्पत्तीको नाममा ३ लाख ८० हजार रुपैयाँ बैंक व्यालेन्स रहेको दाबी गरेका छन्। मन्त्री पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गर्दै दुई वटा बैंकमा साे बराबरको रकम रहेको दाबी गरेका हुन्।  मन्त्री पोखरेलको नाममा एभरेष्ट बैंकमा रहेको खातामा ३ लाख ६७ हजार रुपैयाँ रहेको जनाएका छन्। सो रकम संविधानसभा सदस्य, व्यवस्थापिका सांसद तथा मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई साक्षी राखेर मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार!

    प्रधानमन्त्रीलाई साक्षी राखेर मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार!

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर मेलम्ची खानेपानी आयोजनाको सुरुङको तेस्रो तथा अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार हुने भएको छ। खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार गरिने बताइन्।  मंगलबार सिंहदरबारस्थित खानेपानी तथा सरसफाई मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले दसैँ अगावै जनताको घरघरमा पानी पुर्‍याउने उद्देश्यका साथ मेलम्ची खानेपानी सुरुङको ‘ब्रेक थ्रु’ गर्न लागिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको जनसम्पर्क संयोजकमा मैनाली र प्रेस सल्लाहकारमा अर्याल, प्रदेशसभाका सांसदलाई विशेष राहदानी

    प्रम ओलीको जनसम्पर्क संयोजकमा मैनाली र प्रेस सल्लाहकारमा अर्याल, प्रदेशसभाका सांसदलाई विशेष राहदानी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसम्पर्क संयोजकमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा डाक्टर कुन्दन अर्याललाई नियुक्त गरेका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले मैनाली र अर्याललाई नियुक्त गरेको हो।   नवनियुक्त मैनाली नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदका सदस्य हुन्। प्रतिनिधिसभा निर्वाचनमा बारा १ बाट नेकपा एमालेका उम्मेदवार रहेका मैनालीले २०३७ सालदेखि विद्यार्थी राजनीति थालेका हुन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell