PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रदेश ७ मा २५ अर्बको बजेट



पासाङ ठकुल्ला

प्रदेश ७ मा २५ अर्बको बजेट

धनगढी : प्रदेश नम्बर ७ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याएको छ।  २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेटमा चालु तर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पूँजीगत तर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ बजेट राखिएको छ।

आर्थिक मामिला मन्त्री झपट बोहराले आजको प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। 

बजेटले शिक्षा क्षेत्रको सुधारका लागि पनि विशेष जोड दिएको छ। सामुदायिक विद्यालयहरुको संरचनात्मक एवं गुणात्मक सुधारमा बजेट विनियोजन गरिएको छ।

प्रदेश ७ का पहाडी जिल्लाका १६ प्रदेशसभा निर्वाचन क्षेत्रमा अत्याधुनिक उपकरण सहितको एम्बुलेन्सको व्यवस्थामा विस्तार, निशुल्क स्वास्थ्य शिविर र औपधिहरुको व्यस्थापन, सामुदायिक अस्पतालहरुको गुणत्मक सुधारमा आवश्यक सहयोग पुराउने गरी बजेट निर्माण भएको अर्थमन्त्री बोहोराले बताए।

 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell