PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

शिक्षामन्त्री पोखरेलको सम्पतीः तीन लाख ८० हजार बैंक व्यालेन्स, रुपाकोट रेडियोमा पाँच हजारको सेयर



पासाङ ठकुल्ला

शिक्षामन्त्री पोखरेलको सम्पतीः तीन लाख ८० हजार बैंक व्यालेन्स, रुपाकोट रेडियोमा पाँच हजारको सेयर

काठमाडौंः शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसँग सम्पत्तीको नाममा ३ लाख ८० हजार रुपैयाँ बैंक व्यालेन्स रहेको दाबी गरेका छन्। मन्त्री पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गर्दै दुई वटा बैंकमा साे बराबरको रकम रहेको दाबी गरेका हुन्। 

मन्त्री पोखरेलको नाममा एभरेष्ट बैंकमा रहेको खातामा ३ लाख ६७ हजार रुपैयाँ रहेको जनाएका छन्। सो रकम संविधानसभा सदस्य, व्यवस्थापिका सांसद तथा मन्त्री हुँदा पाएको तलब भत्ताको रकम भएको उनले सार्वजनिक गरेको सम्पत्ती विवरणमा उल्लेख छ।  

त्यस्तै नेपाल बंगलादेश बैंकमा रहेको खातामा १३ हजार ११३ रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ। सो रकम जनएकता साप्ताहिकको प्रकाशक-सम्पादक हुँदा प्राप्त रकम भएको र अद्यावधिक नभएको विवरणमा जनाइएको छ। 

त्यसका अलावा पोखरेलको नाममा पाँच हजार रुपैयाँको सेयर रहेको छ। रुपाकोट सामुदायिक रेडियो, खोटाङमा उनको नाममा पाँच हजार रुपैयाँको सेयर रहेको उल्लेख छ। 

मन्त्री पोखरेलले अचल सम्पतीको नाममा खोटाङमा जग्गा रहेको जनाएका छन्। बाबु चन्द्रमणि पोखरेलको नाममा खोटाङमा १२ रोपनी २ आना र १० रोपनी १४ आना २ पैसा १ दाम जग्गा रहेको उनले बताएका छन्। 

दाजुभाइबिच भागबण्डा नभएको सो जग्गा आमाको नाममा खोलिएको कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानलाई भोगचलनका लागि दिएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell