PahiloPost

May 14, 2024 | १ जेठ २०८१

कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश



पासाङ ठकुल्ला

कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यु आदेश

कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज दिउँसो ३ बजेदेखि महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। निर्मला बलात्कार र हत्या प्रकरणको आन्दोलनले उग्र रुप लिएपछि अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए।

यसअघि स्थानीयले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन्। जसमध्ये तीन जान प्रहरी रहेका छन्। 

निर्मला बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनाको बास्तविकता बाहिर ल्याउए नसकेको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन्। 

प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell