PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उदेश्यकासाथ तीन युवाले सुरु गरे साइकल यात्रा



पासाङ ठकुल्ला

पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उदेश्यकासाथ तीन युवाले सुरु गरे साइकल यात्रा

धनगढीः प्रदेश ७ को पर्यटकीय क्षेत्र खप्तडको प्रचार प्रसार गर्ने उदेश्यका धनगढीका तीन जना युवाले धनगढीदेखि खप्तडसम्मको साइकल यात्रा सुरु गरेका छन्।

धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्र सिंह धामी तथा गोदावरी नगरपालिका ८ मजगाउँका भरतविक्रम शाही शनिवारदेखि साइकल यात्रा निस्केका छन्।

उनीहरूले प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीबाट शनिवार यात्रा सुरु गरेका छन्। उनीहरूको टोली ९ गते खप्तड पुग्ने छ।

यस क्षेत्रमा धर्तीको स्वर्ग भनेर परिचित खप्तड क्षेत्रको प्रचार प्रसारको उदेश्यहित उनीहरूले आजदेखी धनगढी–खप्तडसम्म साइकल यात्रा सुरु गरेको बताए।

प्राकृतिक सुन्दरताले भरिएको भए पनि प्रचार प्रसारको अभावले खप्तड क्षेत्र पर्यटकहरूको गन्तव्य बन्न सकेको छैन। धर्तीको स्वर्गको रूपमा परिचित यसक्षेत्रलाई पर्यटकको पहिलो गन्तव्यको रूपमा विकास गर्न साइकल यात्राले प्रचार प्रसारमा सघाउ पुर्‍याउने विश्वास उनीहरूले लिएका छन्।

लायन्स क्लब अफ कैलाली फारवेष्टको सहकार्यमा यात्रा सुरु गरेका यी तीन यात्रीलाई धनगढी जेसिज, एडभेन्चर वेष्ट होलिडेज, कैलाली जिल्ला खेलकुद विकास समिति लगायतले साथ दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell