PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट प्रकरणः मुख्य अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश



पासाङ ठकुल्ला

बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट प्रकरणः मुख्य अभियुक्त भोलेबाबालाई पाँच वर्ष कैदको आदेश
photo: khabarpauwa.com

धनगढीः जिल्ला अदालत कैलालीले बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने तीन जनालाई दोषी ठहर गरेको छ। अदालतले तीन जनालाई सफाइ दिएको छ। 

कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने राम बहादुर चौधरीसहित तीन जनालाई दोषी ठहर गरेको अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए।

अदालतले भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने आदेश दिएको कठायतले जानकारी दिए। 

भोलेबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने आदेश भएको छ। 

जिल्ला न्यायाधीश  पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने सफाइ दिएको छ। अदालतले स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाइ दिएको हो।

गत फागुन २४ गते बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो। बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell