PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चार वर्षे छोरालाई झुन्ड्याएर मारेपछि आमाले लगाइन् पासो, दुवैको शव पोस्टमार्टमका लागि अस्पतालमा



पासाङ ठकुल्ला

चार वर्षे छोरालाई झुन्ड्याएर मारेपछि आमाले लगाइन् पासो, दुवैको शव पोस्टमार्टमका लागि अस्पतालमा
प्रतीकात्मक फोटो।

धनगढी : कैलालीमा छोराको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन्। बर्दगोरीया गाउँपालिका–२, कुम्भियाकी २१ वर्षीया सीतादेवी डंगौरा थारुले चार वर्षका छोराको हत्या गरेर आत्महत्या गरेकी हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीका अनुसार थारुले सोमबार दिउँसो छोराको हत्या गरेकी हुन्। उनले छोराको हत्यापछि आत्महत्या गरेको जानकारी प्रहरीको अनुसन्धानमा देखिएको हो। 

यसबारे प्रहरीले शंकास्पद व्यक्तिसँग सोधपुछ गरेर अनुसन्धान थालेको ओलीले जानकारी दिए। अहिले आमा छोरा दुवैको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको छ। 

मृतकका पति लालबहादुर डंगौरा थारुले आमा छोराको शव झुण्डिएको अवस्थामा फेला परेको बयान प्रहरीलाई दिइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell