PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

डडेल्धुराको गन्यापुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारको मृत्यु



पासाङ ठकुल्ला

डडेल्धुराको गन्यापुरामा जिप दुर्घटना, वडाध्यक्षसहित चारको मृत्यु

डडेल्धुरा: डोटीको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकको उपचारको क्रममा निधन भएको छ। 

गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। 

आज बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो। दुर्घटनामा परी डोटीको आदर्श गाउँपालिका वडा २ का अध्यक्ष पदमसिह बोहरा, सोही ठाउँका लालु बोहरा
दिपायल सिलगढी नगरपालिका - ४ का विनोद रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

आदर्श गाउँपालिका वडा २ की जानकी वोहराको उपचारका क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको छ। दुर्घटनामा परी घाईते भएका ७ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि धनगढी रिफर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell