PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

तीन सन्तानसहित सेतीमा हामफालिन धौली, ५ दिनपछि खुलासा : एकको उद्धार, बाँकी वेपत्ता



पासाङ ठकुल्ला

तीन सन्तानसहित सेतीमा हामफालिन धौली, ५ दिनपछि खुलासा : एकको उद्धार, बाँकी वेपत्ता
डोटीको दिपायलबाट देखिएको सेती। फाइल फोटो : दीपसागर पन्त

धनगढी : प्रदेश नम्बर ७ को डोटी जिल्लामा एक महिलाले दुई छोरा र १ छोरी सहित नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ।
 
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ की २८ वर्षीया धौली बोहराले १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीय छोरा सुनिल बोहरा सहित सेती नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।

हाम फालेका मध्ये एक जनालाई स्थानीय माँझीले उद्धार गरेको जनाइएको छ। सेतीमा हाम फाल्ने मध्येका ६ वर्षीय सुनिल बोहरालाई सोही ठाउँमा माछा मार्दै गरेका मानबहादुर विकले उद्धार गरेर बचाएको उनले बताए। अन्य तीन जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। 

घटना श्रावण १ गते भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए। तर, ढिला गरी जानकारी आएकोले आजमात्र सो घटना सार्वजनिक भएको हो। 

श्रीमतीले तीन छोराछोरीसहित सेतीमा हामफालेपछि घटनाको अनुसन्धान गर्न श्रीमान बमबहादुर बोहरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको धामीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell