PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

भरियामात्र होइन, मालिक पनि पक्रिन्छौं : गृहमन्त्री थापा



पासाङ ठकुल्ला

भरियामात्र होइन, मालिक पनि पक्रिन्छौं : गृहमन्त्री थापा

धनगढी : गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले तस्करीमा संलग्न भरियादेखि मालिकसम्मलाई कानुनी कठघरामा ल्याएरै छाड्ने बताएका छन्। 
आज प्रदेश ७ को अस्थायी मुकाम धनगढीमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएका हुन्। 

सञ्चारकर्मीले लागूऔषधदेखि सुन तस्करीसम्मका घटनाहरुमा भरिया पक्राउ परे पनि मालिक किन पक्राउ पर्दैनन्? भनेर थापालाई प्रश्न गरेका थिए। 

प्रतिउत्तरमा गृहमन्त्री थापाले अब भरियासहित मालिकलाई पनि पक्राउ गरिने बताए। ‘हिजो मालिकको रक्षाका निम्ति भरियालाई मात्र समात्ने गरिन्थ्यो। अब त्यो स्थिति छैन। अब मालिकलाई नै कानुनको कठघरामा ल्याउछौँ। तपाईँले देखिरहनु भएको छ। हामीले त्यो प्रक्रियाको थालनी गरिसकेका छौँ,’ गृहमन्त्री थापाले भने। 

यस विषयलाई थप प्रष्ट्याउन गृहमन्त्री थापाले चिर्चित घटना ३३ किलो सुन तस्करीको प्रसंगलाई जोडे। उनले भने, ‘सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई हामीले पक्राउ गरेका छौँ। उनको माध्यमबाट त्योभन्दा माथिका ठूला माछाहरु पनि पक्राउ पर्न सक्छन्। हामी त्यसको प्रक्रियामा छौँ। अनुसन्धन पूरा भएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell