PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कञ्चनपुर आन्दोलनका घाइते काठमाडौँ रिफर



पासाङ ठकुल्ला

कञ्चनपुर आन्दोलनका घाइते काठमाडौँ रिफर

धनगढी : कञ्चनपुरमा गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई काठमाडौं रिफर गरिएको छ। आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका भण्डारीलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको हो।
 
कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। 

घाइते भण्डारीको खुट्टाको नशामा गोली लागेकाले यहाँ उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको उपचारमा संलग्न सर्जन डा. बीएस बोहराले बताए। घाइतेको दायाँ खुट्टाको नसा चुँडिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell