PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्रदेश ७ मा प्रि–बजेट छलफल आज सकिँदै



पासाङ ठकुल्ला

प्रदेश ७ मा प्रि–बजेट छलफल आज सकिँदै

धनगढीः प्रदेश नम्बर ७ को संसद्को बैठक आज पनि बस्दैछ। अर्थमन्त्री झपट बोहोराले संसदमा पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुनेछ। छलफल आज नै सक्ने प्रदेशसभा सचिवालयको तयारी छ।

अर्थमन्त्री बोहोराले आर्थिक वर्ष २०७५/०७६ को बजेटका सिद्धान्त र प्राथमिकता जेठ २ गतेको बैठकमा पेस गरेका थिए।

शुक्रबारदेखि सांसदहरूले छलफलमा भाग लिएका थिए। शुक्रबार १२ जना सांसदले धारणा राखेका थिए। प्रदेशको समृद्धि र विकासमा आधारित भएर बजेट ल्याउन सांसदहरूले सुझाव दिएका थिए।

प्रस्तावमाथिको छलफल आज सकिने संसद् सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए।

यस्तै, आजको बैठकमा दुई विधेयक पेस हुनेछन्। आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले लिखत प्रमाणीकरण र स्थानीय तहका पदादिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येयक संसदमा पेस गर्ने तयारी रहेको सचिव शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell