PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

एनभिए भलिबल अवार्ड हुने



पहिलोपोस्ट

एनभिए भलिबल अवार्ड हुने

काठमाडौं : नेपाल भलिबल संघ (एनभिए)ले पर्सी सोमवार एनभिए अवार्ड सेरेमोनी आयोजना गर्ने भएको छ। एनभिएले शनिबार पत्रकार सम्मेलन गर्दै खेलाडी, प्रशिक्षक, टिम, उदयीमान खेलाडी र विभिन्न जिल्ला, क्षेत्र र संघसंस्था गरी ४८ वटा अवार्ड प्रदान गर्ने जनाएको हो।

यस्तै वार्षिक रुपमा हुने अवार्ड सेरेमोनीका लागि एनभिएले सिटी ट्राभल्स एण्ड टुर्ससँग ३ वर्षको लागि प्रायोजन सम्झौता समेत गरेको छ।

एनभिएको वार्षिक कार्यक्रम अनुसार असार/साउनमै अवार्ड गरेन भनिएपनि विविध कारणले गर्दा आयोजना गर्न नसकेको र अब प्रायोजकको साथ पाएपछि अवार्ड गर्न लागेको एनभिए महासचिव जितेन्द्र चन्दले बताए।

उनका अनुसार अवार्ड सेरेमोनीमा महिला र पुरुषको बेस्ट टिम अफ दी इअर, महिला र पुरुषको बेस्ट प्लेअर अफ दि इअर, महिला र पुरुषको इमर्जिङ प्लेअर अफ दि इअर तथा महिला र पुरुषको कोच अफ दि इअरलाई अवार्ड प्रदान गरिनेछ।

एनभिएले २०७३ सालमा आयोजना गरेको विभिन्न प्रतियोगिताको आधारमा भलिबल संघका उपाध्यक्ष निरोज मासेकेको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले छनोट गरेका खेलाडीहरुलाई अवार्ड प्रदान गरिने चन्दले बताए। 'बेस्ट टिम अफ दि इअरलाई समान ५०-५० हजार प्रदान गरिनेछ। यस्तै बेस्ट प्लेअर र बेस्ट कोचलाई २५-२५ हजार तथा इमर्जिङ प्लेअरलाई १५-१५ हजार प्रदान गरिनेछ।' चन्दले भने।

निरोज मास्केको संयोजनमा रहेको छनोट समितिमा सुनकेशरी माली सह संयोजक छन् भने सदस्यहरुमा रिता कोइराला, सलिना श्रेष्ठ, ज्योती केसी, जुनु पुन र इन्दिरा निरौला रहेकान छन्।

यस्तै एनभिएका सचिव जगदिश भट्टको संयोजनमा विभिन्न ४० जिल्ला, क्षेत्र र संघसंस्था छनोट गरी अवार्ड प्रदान गरिनेछ समकेत चन्दले जानकारी दिए। चन्दका अनुसार माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोनमा नेपालको लागि ऐतिहासिक पदक दिलाएका पुरुष टोलीलाई पनि सम्मानित गरिनेछ।

 

अवार्डलाई सिटी ट्राभल एण्ड टुर्सको साथ

पहिलो पटक हुन लागको एनभिए अवार्डका लागि सिटी ट्राभल्स एण्ड टुर्सले सहयोग गर्ने भएको छ। एभनिए र सिटी ट्राभल्सले अवार्ड गर्नका लागि शनिवारै ३ वर्षको लागि साढे १० रकम सम्झौता गरेको छ। उक्त सम्झौतामा एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र सिटी ट्राभल्सका निर्देश शर बहादुर तामाङले हस्ताक्षर गरे।

सम्झौतापछि पर्सी हुने अवार्डका लागि सिटी ट्राभल्सले पहिलो किस्तामा ३ लाख ५० हजार प्रदान गर्नेछ। निर्देशक तामाङले शनिवारै उक्त रकमको चेक एनभिए अध्यक्ष शर्मालाई हस्तानतरण गरे।

यस्तै दोस्रो वर्षको लागि अवार्ड गर्न ४ लाख तथा तेस्रो वर्ष अवार्ड गर्न ३ लाख नगद प्रदान गरिने एनभिए महासचिव चन्दले बताए।

बेस्ट टिम अफ दि इअर महिला र पुरुषलाई अवार्डको मुख्य प्रायोजक रहेको सिटी ट्राभल्सले नगद ५०-५० हजार प्रदान गर्नेछ भने अन्य अवार्ड विजेतालाई विभिन्न व्यक्ति र संघ संस्थाले नगद प्रदान गर्नेछ।

सम्झौतापछि एनभिएका अध्यक्ष शर्माले भलिबलमा सहयोग गर्ने हातहरु अगाडी बढिरहेको र राम्रो काम गरेकाले नै प्रायोजक पाउन सफल भएको प्रतिक्रिया दिए। 'यो खेलाडीको लागि प्रोत्साहन हो। अब हामी एफएनसिसिआईसँग करोड भन्दा बढीको प्रायोजन सम्झौता गर्दैछौँ।' शर्माले भने।

यस्तै पूर्व भलिबल खेलाडी समेत रहेका सिटी ट्राभल्स एंण्ड टूर्सका निर्देशन तामाङले एनभिए अवार्ड सेरेमोनीमा प्रायोजन गर्न पाउँदा खुशी व्यक्त गरे। 'अहिले ३ वर्षको लागि सम्झौता भएको छ। अहिले नेपाली भलिबल विकासको चरणमा छ र आगामी दिनमा पनि नेपाली भलिबल विकासको लागि म र मेरो कम्पनीले सहयोग गर्न सँधै तयार छ।' तामाङले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell