PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

बालकोटमा ओली र प्रचण्डबीच वार्ता शुरु



पहिलोपोस्ट

बालकोटमा ओली र प्रचण्डबीच वार्ता शुरु

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा वार्ता सुरु भएको छ। 

पार्टी एकताका विषयमा छलफल गर्न दुई अध्यक्षहरुको भेटवार्ता भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
 
दुई अध्यक्षबीच शुक्रबार भएको भेटर्वातामा तीन बुँदामा छलफल भएको थियो। उक्त भेटमा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी भएको छ। 

पार्टी एकता संयोजन समितिको बैठक बोलाउनअघि पार्टी एकताबारे जोडिएका विविध विषयमा आज पनि छलफल हुने छ। 

ओली स्वास्थ्य परिक्षण गरी फर्केपछि पार्टी एकताको पहल गर्न कार्यदल गठन गर्ने सहमती बैंकक जानु अघि नै भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell