PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

ओली र प्रचण्डबीच एकता संयोजन समितिका एजेण्डाबारे छलफल



पहिलोपोस्ट

ओली र प्रचण्डबीच एकता संयोजन समितिका एजेण्डाबारे छलफल

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’बीच ओली निवास बालकोटमा भएको भेटवार्ता सकिएको छ। 

डेढ घन्टे भेटमा आईतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताबारे एजेन्डा के हुने भन्ने बारे दुई अध्यक्षबीच छलफल भएको छ। 

आईतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे पनि छलफल गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जनाकारी दिए। 

दुई अध्यक्ष बीच शुक्रबार भएको भेटर्वातामा तीन बुँदामा छलफल भएको थियो। उक्त भेटमा उनीहरु बीच आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी गरेको थियो। 

ओली स्वस्थ्य परिक्षण गरि फर्केपछि पार्टी एकताको पहल गर्न कार्यदल गठन गर्ने सहमती बैंकक जानु अघि नै भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell