PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

पोखरामा प्रदेश ४ का प्रमुख कुँवरलाई स्वागत, शपथ आइतबार 



नरहरि पौड्याल

पोखरामा प्रदेश ४ का प्रमुख कुँवरलाई स्वागत, शपथ आइतबार 

पोखराः प्रदेश नम्बर ४ का प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न बाबुराम कुँवर पोखरा पुगेका छन्। प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा आइपुगेका हुन्।

सरकारले गएको बुधबार उनलाई प्रदेश प्रमुखको जिम्मेवारीसहित पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी तोकेको थियो। 

प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउने तयारी छ। प्रमुख कुँवरले आइतबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रुपमा पदभार ग्रहण गर्ने छन्। त्यस लगत्तै प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिएका छन्।

आइतबार बिहान प्रदेशका जेष्ठ सदस्यलाई सपथ खुबाउने कार्यक्रम रहेको छ। जेष्ठ सदस्य एमालेबाट नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पर्ने २ ‘ख’बाट निर्वाचित ६७ वर्षका जनकलाल श्रेष्ठ हुन्।

जिल्ला प्रशासन कार्यालयको हलमा श्रेष्ठले प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेलगत्तै नगर विकास प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाहलमा पुगेर उनले बाँकी सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell