PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

विन्टर ओलम्पिक : दुई कोरियालाई एउटै झण्डामुनी मार्चपास गर्न आइओसीको स्वीकृती



पहिलोपोस्ट

विन्टर ओलम्पिक : दुई कोरियालाई एउटै झण्डामुनी मार्चपास गर्न आइओसीको स्वीकृती

इन्टरनेशनल ओलम्पिक कमिटी आइओसीले अर्को महिना दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा उत्तर र दक्षिण कोरियालाई एउटै झण्डामुनी मार्च गर्ने स्वीकृती दिएको छ।

यसअघि दुई कोरियाले उक्त विषयमा सहमति गरेका थिए। शनिवार स्वीट्जरल्याण्डको लाउसानेमा भएको आइओसीको मिटिङपछि आइओसीका अध्यक्ष थोमस बाकले उक्त घोषणा गरेका हुन्। यसैगरी ओलम्पिकको इतिहासमै दुई कोरिया मिलेर एउटै टिम बनाएर प्रतिस्पर्धा गर्ने भएका छन्।

थोमस बाचले उत्तर कोरियाले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा सहभागित जनाउने पक्का गरेका हुन्। यस्तै ओलम्पिक कोरिया पेनिनसुला डिक्लेरेसन अन्तर्गत उत्तर कोरियाबाट ३ खेलका २२ खेलाडीलाई आइसीसीले एक्रेडिसन कार्ड प्रदान गर्ने जनाएको छन्।

दुई कोरियाका ओलम्पिक कमिटीको डेलेगेसन तथा आइसीसीको मिटिङपछि उक्त डिक्लेरेसन भएको हो।

यस्तै आइओसीले उत्तर कोरियाका २४ अफिसियल र २१ मिडिया अफिसियलको पनि एक्रेडेसन कार्ड बनाइदिनेछ।

एउटैझण्डामुनी मार्सपास गर्दा दुई कोरियाको एक-एक खेलाडीले झण्डा बोक्नेछन् जसमा एक जना महिला र एक जना पुरुष खेलाडी हुनुपर्नेछ।

यस्तै दुई कोरियाको एउटै महिला हक्की टिम बनाउने निर्णयलाई पनि आइओसीले स्कीकृती दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell