PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

राष्ट्रिय ब्याडमिन्टन : तामाङ दिदीभाईले जोगाए उपाधी, सेनाले जित्यो सातमध्ये ६ स्वर्ण



पहिलोपोस्ट

राष्ट्रिय ब्याडमिन्टन : तामाङ दिदीभाईले जोगाए उपाधी, सेनाले जित्यो सातमध्ये ६ स्वर्ण

महेन्द्रनगर : नेपाली सेनाका दिदीभाई नङ्गशल र रत्नजित तामाङले राखेप च्याम्पियनसिपअन्तर्गत भएको ३९औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा च्याम्पिoन बन्दै आफ्नो उपाधी रक्षा गरेका छन्।

सुदूरपश्चिमाञ्चलमा भएको प्रतियोगिताको एकलतर्फको नङ्गशल र रत्नजित च्याम्पिन बनेका हुन्। महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाकी नङ्गशलले एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधी जितिन्। नङ्गशलको यो लगातार तेश्रो उपाधी हो।

यस्तै टिम इभेन्टको एकल प्रतिस्पर्धामा एपीएफका दिपेश धामीसँग हार ब्यहोरेका रत्नजितले पुरुष एकलतर्फको स्पर्धामा दिपेशलाई नै पराजित गर्दै आफु उपाधीको हकदार भएको प्रमाणित गरे।

पहिलो सेटको खेलमा १९–२१ ले पछि परेका रत्नले दोश्रो सेटको खेलमा दिपेशलाई लगातार ११ अंक सम्म कुनै मौका प्रदान गरेनन्। त्यस पछि लयमा फर्कन खोजेका दिपेशलाई ६ अंकमा रोक्दै रत्नले खेल एक-एकको बराबरीमा ल्याए। तेश्रो सेट २१–१२ ले जित्दै रत्नले उपाधी कब्जा गरे। यो रत्नको लगातार चौथो उपाधी हो।

विभागीय टोलीको दबदबा रहेको प्रतियोगितामा पुरुष डबल्सतर्फ पनि सेनाका रत्नजित तमाङ्ग र नविन श्रेष्ठको जोडी च्याम्पियन बने। तामाङ र श्रेष्ठको जोडीले एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१–१९, २१–१४ ले पराजित गर्दै स्वर्ण हात पारे। धामी र थापामगरको जोडीले टिम इभेन्टको पुरुष जोडीतर्फको खेलमा तामाङको जोडीलाई पराजित गर्न सफल भएका थिए। पुरुष टिम ईभेन्टमा भने एपीएफले स्वर्ण हात पार्‍यो।

महिला जोडीतर्फको प्रतिस्पर्धामा पनि सेना विजयी भयो। सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपीएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९, २१–१५ ले हराए।

यस्तै मिक्स डबल्सतर्फ पनि सेनाले नै जित हात पार्‍यो। सेनाका तामाङ दिदीभाईले एपीएफका विजित थापा मगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१९, २१–१० ले पराजित गर्दै सेनाको लागि स्वर्ण थपे।

सेनाले यस प्रतियोगितामा सात मध्ये ६ स्वर्ण जित्यो।

विजयी खेलाडीहरुलाई कञ्चनपुर क्षेत्र नं. ३, प्रतिनिधी सभाका सांसद डा. दीपक प्रकास भट्ट, सशस्त्र प्रहरी बलका बरिष्ठ उपरिक्षक राजेन्द्र शाक्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यष शेरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए।

पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष-महिला एकल तथा जोडी, मिक्स जोडी र पुरुष-महिला टिम ईभेन्टस गरि ७ स्वर्णका लागि पाँच विकास क्षेत्र र तीन विभगिय टोलीबाट ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता जनाएका थिए। जसमा पुलिस टिमले महिला टिम ईभेन्टसमा सहभागिता जनाएको थिएन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell