PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रिमियर लिग : मार्सीयलको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड विजयी, २२ मिनेटमा आर्सनलको चार गोल



पहिलोपोस्ट

प्रिमियर लिग : मार्सीयलको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड विजयी, २२ मिनेटमा आर्सनलको चार गोल

प्रिमिय लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड र आर्सनल विजयी भएका छन्।

युनाइटेडले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ९ मा झारेको छ। युनाइटेडलाई साघुँरो जित दिलाउन खेलको एक मात्र गोल एन्टोली मार्सिएललले दोस्रो हाफमा गरे। जितपछि युनाइटेडको २४ खेलबाट ५३ अंक भएको छ।

एक खेल कम खेलेको सिटी ६२ अंकका साथ शीर्ष स्थानमा आसिन छ। शनिवारै ब्राइटनलाई ४-० ले पराजित गरेको चेल्सी २४ खेलबाट ५० अंक जोडद तेस्रो स्थानमा छ।

उता पहिलो हाफमै चार गोल गरेको आर्सनलले करिस्टल प्यालेसलाई ४-१ ले हरायो। आर्सनलका लागि घरेलु मैदानमा नाचो मोनरेल,एलेक्स इओवी, लरेन्ट कोसनले र एलेक्जानडर लाजकाटेले एक-एक गोल गरे। २२ मिनेटभित्रै आर्सनलले चार गोल गरेको हो।

प्यालेसका लागि दोस्रो हाफमा लुका मिलिभोजेभिकले एक गोल फर्काए। जितपछि २४ खेलबाट ४२ अंक जोडेको आर्सनल छैटौँ स्थानमा यथावत छ।

प्रिमियर लिगकै अन्य खेलमा लेस्टरले वाटफोर्ड तथा स्टोकले हडर्शफिल्ड टाउनलाई समान २-० ले पराजित गरेका छन्।

एभरटन र वेष्टब्रोम तथा वेष्टहम एएफसी बर्नमाउथले समान १-१ को बराबरी खेल्दै अंक बाँ८का छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell