PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

ला लिगा : एथ्लेटिको मड्रिड गिरोनासँग बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा



पहिलोपोस्ट

ला लिगा : एथ्लेटिको मड्रिड गिरोनासँग बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा

स्पानिस ला लिगा अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ। अर्को खेलमा सेभियाले स्पानयोललाई ३-० ले पराजित गरेको छ।

घरेलु मैदान एक गोलको अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा एथल्टिको गिरोनासँग १-१ गोलको बराबरीमा रोकियो। एन्टोनी ग्रीजमनले ३४औँ मिनेटमा गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। तर ७३औँ मिनेटमा गिरोनाका लागि क्रिस्टियन पोर्टुले बराबरी गोलफर्काएपछि एथलेटिको अंक बाँड्न बाध्य भयो।

बराबरीले शीर्ष स्थानको बार्सिलोनलाई भने फाइदा पुगेको छ। बार्सिलोना र एथ्लेटिको बीच ८ अंकको अन्तर छ। बार्सिलोना ५१ अंकका साथ शीर्ष स्थानमा छ र एथ्लेटिको भन्दा एक खेल कम खेलेको छ। २० खेलबाट ४३ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा यथावत छ।

उता सेभियालाई सहज जित दिलाउन फ्रान्को भजक्वेज, पाब्लो सराविया र लुइस मुरियलले एक-एक गोल गरे। जितपछि २० खेलबाट ३२ अंक जोडेको सेभिया पाँचौ सथानमा उक्लेको छ। दुई सेभियाले भन्दा दुई खेल कम खेलेको रियल मड्रिडको पनि ३२ अंक नै छ तर गोलअन्तरमा अगाडी रहदै रियल चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell