
सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा न्यूकासल युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। जितपछि सिटीले दोस्रो स्थानमा रहेको छिमेकी म्यानचेष्टर युनाइटेडमाथि फेरी १२ अंकको अग्रता कायम गरेको छ।
घरेलु मैदान एतिहाड स्टेडियममा अगुएरोले ३४औँ, ६३औँ र ८३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। न्यूकासलका लागि ६७औँ मिनेटमा ज्याकोव मर्फीले गोल फर्काए।
यस सिजनमा अगुएरोको यो दोस्रो ह्याट्रिक हो भने सिटीका लागि समग्रमा ११औँ ह्याट्रिक हो। उनले सेप्टेम्वरमा वाटफोर्ड विरुद्ध ह्याट्रिटक गरेका थिए।
यस्तै अगुएरोले सन् २०१५ मा न्यूकासल विरुद्धको गरेको ह्याट्रिकपछि पहिलो परफेक्ट (हेड, लेफ्ट फुट, राइट फुट) ह्याट्रिक गरेका छन्।
3 - Sergio Aguero has scored the first perfect Premier League hat-trick since the Argentine himself scored one against Newcastle in October 2015. Deja-vu. pic.twitter.com/zs4I9Czy82
— OptaJoe (@OptaJoe) January 20, 2018
जितपछि २४ खेलबाट सिटीले ६५ अंक जोडेको छ।