PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रदेशसभा सदस्यको आज शपथग्रहण



पहिलोपोस्ट

प्रदेशसभा सदस्यको आज शपथग्रहण
तस्बिर फाइल

काठमाडौँ: नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन्। प्रदेश प्रमुखको गत शुक्रबार नियुक्ति र शपथ भएपछि प्रदेशसभा सदस्यको शपथको बाटो खुलेको थियो।

सम्वन्धित प्रदेशसभा सदस्यले प्रदेश प्रमुखले तोकेको वा प्रदेशसभाका लागि तय भएको भवनमा शपथ लिनेछन्। राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका अनुसार आज नै प्रदेशसभाका मतदाताको नामावली प्रकाशन गर्ने कार्यतालिका भएका कारण सातै प्रदेशका सदस्य आजै अनिवार्य शपथ लिनुपर्नेछ। प्रत्यक्ष र समानुपातिक गरी ५३० सदस्यले शपथ लिनेछन्।

प्रदेश प्रमुखले सभाका ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउँने छन्। ज्येष्ठ सदस्यले बाँकी सदस्यलाई शपथ गराउँने छन्।

निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त भएसँगै निर्वाचन आयोगले अन्तिम मतपरिणाम प्रदेश प्रमुखलाई बुझाएको हो। सोही मतपरिणाम अनुसार प्रदेशसभा गठनको प्रक्रिया अघि बढेको हो।

प्रदेशको अस्थायी मुकाम तोकिएको क्षेत्रमा प्रदेश प्रमुखहरु भने पुगिसकेका छन्।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell