PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दिल्लीको औद्योगिक क्षेत्रमा आगलागी: १७ को मृत्यु, २३ बेपत्ता



पहिलोपोस्ट

दिल्लीको औद्योगिक क्षेत्रमा आगलागी: १७ को मृत्यु, २३ बेपत्ता

नयाँ दिल्ली: भारतको दिल्लीस्थि बवाना ‍औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १० महिलासहित १७ को मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन्।
शनिबार तीन फेक्ट्रीमा आगो लागेपछि उक्त घटना भएको बताइएको छ। फेक्ट्रीका मालिक मनोज जैनलाई प्रहरीले पक्राउ गरेको छ।

घटनमा परी मृत्यु भएका मृतकका परिवारलाई जनही पाँच लाख दिने र घाइतेलाई एक एक लाख दिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घोषणा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना दुखदयी भएको भन्दै छानबिनको आदेश दिएका छन्।

दिउँसो ३ बजे लागेको आगो निभाउन आगलागी नियन्त्रक साँझ ६ बजे मात्र पुगेकोले क्षति धेरै भएको जनाइएको छ। उक्त कारखनामा ४५ जना कामदार रहेको र अरु कामदारको अवस्था अज्ञात रहेको उल्लेख गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell