PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

सेनाको हेलिकोप्टरबाट पत्नीसहित सुर्खेत पुगे प्रदेश प्रमुख खनाल, हेर्नुस् फोटोमा

सेनाको हेलिकोप्टरबाट पत्नीसहित सुर्खेत पुगे प्रदेश प्रमुख खनाल, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


सुर्खेतः प्रदेश ६ को प्रमुखमा नियुक्त दुर्गाकेशर खनाल तोकिएको मुकाम सुर्खेत पुगेका छन्। आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट खनाल सुर्खेत पुगेका हुन्। 

पत्नीसहित सरकारले तोकेको अस्थायी राजधानी सुर्खेत पुगेका खनाललाई विमानस्थलमा प्रदेश प्रमुखको सविचलयका कर्मचारी तथा सुर्खेतमा रहेका जनप्रतिनिधि तथा सरकारी कार्यालय प्रमुखले स्वागत गरेका थिए। 

खनाललाई त्यहाँको वस्तुस्थितीबारे संक्षिप्त ब्रिफिङ पनि भएको थियो। 

गत शुक्रबार पद तथा गोपनियताको शपथपछि खनाल आज तोकिएको मुकाममा पुगेका हुन्। आजै प्रदेशसभा सदस्यको शपथ पनि हुँदैछ। 

हेर्नुस् फोटोमा


ट्रेन्डिङ पोस्ट

Ncell