PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

प्रदेश ४ का प्रमुख कुवँरले पदभार ग्रहण गर्दाको क्षण, हेर्नुस फोटोमा

प्रदेश ४ का प्रमुख कुवँरले पदभार ग्रहण गर्दाको क्षण, हेर्नुस फोटोमा

नरहरि पौड्याल/पहिलोपोस्ट


पोखराः प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बावुराम कुवँरले पदवहालीसँगै प्रदेशका सदस्य मध्येका जेष्ठ सदस्यलाई पद तथा गोपनियतको शपथ गराएका छन्। 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि प्रदेश प्रमुख पोखरा आएर पदभारग्रहणसँगै शपथग्रहण गराएका हुन्। 

प्रदेश प्रमुख कुवँरले प्रदेश सभासदस्यहरु मध्येबाट सबै भन्दा जेष्ठ सदस्य एमालेबाट नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पर्ने २ ‘ख’बाट निर्वाचित ६७ वर्षका जनकलाल श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराए। शहीदचोकस्थित क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ। 

कार्यभार सम्हाल्न पुगेका कुँवरलाई नेपाली सेनाले सलामी दिएको थियो। सलामी ग्रहणपछि प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सकारी कार्यालयका प्रमुख, प्रशानिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए।

पदभार ग्रहणपछि प्रमुख कुँवरले ४ नम्बर प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन भूमिका खेल्ने बताए। ‘प्रदेश नम्वर ४ जलविद्युत र पर्यटनमा अब्बल रहेको छ,यसको समुचित प्रयोग गर्दे समग्र प्रदेशको आर्थिक समृद्धीमा लाग्ने छु’ उनले भने। ‘सवै संगको सहकार्यतामा नै विकास र समृद्धीमा लाग्ने छु।’

अथाह सम्भावना छ। मैले त्यो सम्भावना उजार गर्न अभिभावकीय भूमिका निर्वाह गर्नेछु’ प्रमुख कुँवरले भने, ‘मेरा कारणले विकास र समृद्धिमा कुनै जटिलता हुन दिने छैन।’

प्रदेश ४ अन्तर्गत प्रदेशसभा अन्तर्गत प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना सदस्य छन्। शपथ ग्रहणका लागि सदस्यहरु पोखरा आइसकेका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell