PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मिल व्यवसायी हत्या आरोपमा मनोज पुन समूहका तीन पक्राउ



पहिलोपोस्ट

मिल व्यवसायी हत्या आरोपमा मनोज पुन समूहका तीन पक्राउ

काठमाडौं:  रुपन्देहीको देवदहका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

हत्या अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए। 

उनले भने, 'अनुसन्धानको सिलसिलामा केही मानिसलाई नियन्त्रणमा लिएका हौं।' 

पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समूहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ। 

हत्याको मुख्य योजनाकार भनिएका पुन भने फरार रहेकाले प्रहरीले खोजी गरिररहेको छ। पौडेलको गत पुष ५ गते हत्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell