
बलिउड अभिनेता नेपाल आउन चाहन्छन्। आउँदो मार्च १० मा हुन लागेको सलमान खानको 'दब्याङ्ग टुर'मा उनी पनि सहभागी हुन् चाहेका हुन्। कार्यक्रम आयोजक रहेका सोहेल खानले उक्त जानकारी दिएका हुन्।
सोहेलले बताए अनुसार बरुण आफ्ना नेपाली दर्शकको अगाडी लाइभ प्रस्तुति दिन चाहन्छन्। आफूले नेपाली दर्शकबाट पाएको मायाका कारण नेपाल आउन धेरै उत्साहित रहेको बताएका हुन्।
काठमाडौंमा प्रेस सम्मेलन आयोजना गरेका सोहेल खानले भने,'उ मेरो निकै मिल्ने साथी हो। तर कार्यक्रमको लागि फाइनल लाइन अप सार्वजनिक गरिसकेको भएर बरुणलाई समावेश गर्न सकेनौं। आशा गरौं चाडै बरुणले पनि चाडै नेपालमा लाइभ प्रस्तुत गर्न पाउने छ।'
दब्याङ्ग द टुर नेपालमा सलमानसँगै सोनाक्षी सिंहा, मनिष पावल, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर पनि आउँदै छन्।