PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

दुई नम्बर प्रदेशमा हिन्दीसहित चार भाषामा शपथ 



पहिलोपोस्ट

दुई नम्बर प्रदेशमा हिन्दीसहित चार भाषामा शपथ 
फोटो: घनश्याम मिश्र

जनकपुरधाम: दुई नम्बर प्रदेशका विधायकहरुले चारवटा भाषामा शपथग्रहण गरेका छन्। 

दुई नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरधामस्थित उद्योग बाणिज्य संघ जनकपुरको हलमा एक सय सात जना प्रदेशसभा सदस्यले शपथ लिएका छन्।

जसमध्ये ४७ जनाले मैथिली भाषामा सपथ लिएका छन् भने २५ जनाले भोजपुरी, ३४ जनाले नेपाली र ११ जनाले हिन्दीमा सपथ लिएको सचिवालयले जनाएको छ।

मधेशवादी दलका अधिकांश विधायकहरुले मैथिली, भोजपुरी र हिन्दीमा सपथ लिएका छन् भने कांग्रेस, एमाले र माओवादीका अधिकांश विधायकले नेपालीमा सपथ लिएका छन्।

यसैबीच दुई नम्बर प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक माघ २१ गते बस्ने जनाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell