PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पोस्टरमा 'शेरबहादुर'को पात्र मनोविज्ञान



पहिलोपोस्ट

पोस्टरमा 'शेरबहादुर'को पात्र मनोविज्ञान

काठमाडौं: फिल्म 'शेरबहादुर'को केही पोस्टर सार्वजनिक भएका छन्। जसमा मुख्य पात्रहरुको लुक्स र मनोविज्ञान प्रष्ट देखिन्छ। क्राइम जनरामा बनेको फिल्मका पात्रहरुलाई क्रोधित, हतास र त्रसित मुद्रामा प्रस्तुत गरिएको छ।  

अवकाश प्राप्त आर्मीको कथा र उसँग जोडिन आउने घटनाहरु देखाउने फिल्ममा सुनिल थापाले शेरबहादुर पात्रको भूमिका निर्वाह गरेका छन्। उनलाई पोस्टरमा निडर, शंकी र बलियो देखाइएको छ।

सुनिल थापासँगै कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोस्टरमा प्रस्तुत छन्। फिल्म यही माघ १९ बाट देशैभर प्रदर्शनमा आउँदैछ। प्रमोद क्षेत्री लिखित फिल्मलाई निर्देशन आर राजवंशि हुन्। फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ। फिल्मलाई लेखेका हुन्। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell