PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

'मनका कथाहरु'माथि अन्तरक्रिया



पहिलोपोस्ट

'मनका कथाहरु'माथि अन्तरक्रिया

काठमाडौं: पाल्पाकी कथाकार मन गैरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया सम्पन्न भएको छ।

शताव्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेनको आयोजनामा पद्मकन्या क्याम्पस, बागबजारमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलको सभापतित्वमा सुरू भएको कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कथाकार माया ठकुरीले समाजमा महिला लेखकलाइ सकारात्मक रूपमा बुझ्ने अवस्था अझै आइनसकेकोले आफैं अग्रसर हुनु पर्ने र आफ्ना भाबना  लेख्दै जानु पर्ने बताइन्। 

कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठ, रामप्रसाद पन्त ज्ञाननिष्ठ ज्ञवाली र तर्कना शर्माले मनको कथाको चर्चा गरे। 

टिप्पणीकार डा।शान्तिमाया गिरी मनका कथाका अनेक आयाम खोतलेर विश्लेषण गरेकी थिइन्।

कार्यक्रममा साहित्यकार डा।बम बहादुर जिताली, प्रा।डा सावित्री कक्षपति, ललिता दोषी, राधेस्याम लेकाली, राजेश्वर उदय ,बरिष्ठ साहित्यकार गंगा पौडेल, पुस्कर लोहनी, सरू सुवेदी, रन्जना निरौला, कवि तारा केसी, उमेस पाण्डे, चन्द्रा न्यौपाने ,रस्मी रिमाल, भिस्म फुलारा, मुरारी सिग्देल, आशिस सैली, कल्पना कल्पपुन्ज आदिको  उपस्थिती रहेको थियो । 
मनका कथाहरू  २०७० सालमा प्रकाशित भएको गैरेको पहिलो कृति हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell