PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

प्रदेश सांसदले शपथग्रहण छुटाए के हुन्छ? 



पहिलोपोस्ट

प्रदेश सांसदले शपथग्रहण छुटाए के हुन्छ? 

काठमाडौं: सातै प्रदेशका प्रदेश सभा सदस्यहरुले आज प्रदेश प्रमुखबाट शपथ लिएका छन्। सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेश प्रमुखहरुले उनीहरुलाई शपथ लिएका हुन्।

शपथग्रहण कार्यक्रममा कोही सांसद भने पुग्न सकेनन्। तनहुँ २ क का प्रदेशसभा सदस्य रामबहादुर गुरुङले शपथ ग्रहण कार्यक्रम छुटाए। मनाङ ख का सदस्य दीपक मनाङे उपस्थित नै भएनन्। मनाङे प्रहरीको फरार सूचीमा रहेकाले उपस्थित नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिहंले बताए।

तर रामबहादुर गुरुङ भने काठमाडौंबाट नै कार्यक्रम स्थल पुग्न सकेनन्। 

यसरी शपथग्रहण छुटेका सांसदको शपथ कहिले हुन्छ त?

यसबारे निर्वाचन आयोगमा बुझ्दा यो प्रदेशको विषय भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

उनकाअनुसार शपथग्रहण छुटेका निर्वाचित प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले अर्को कुनै समयमा सपथ ग्रहण गराउन सकिन्छ। 

‘यो निर्वाचनसँग सम्बन्धीत छैन,’ प्रवक्ता ढकालले भने, ‘यो विषयमा कुनै कानुनी जटिलता पनि छैन। यदी कुनै कारणबस सपथ ग्रहण छुटे प्रदेश प्रमुखले पछि सपथ ग्रहण गराउनु हुन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell