रुपन्देहीः पाँच नम्बर प्रदेशका प्रदेश सदस्यहरुले आइतबार शपथ लिएका छन्। प्रदेश सभा स्थलका रुपमा लिइएको बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश प्रमुख उमाकान्त झाले जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराएपछि पोखरेलले बाकी सदस्यहरुलाई शपथ गराएका हुन्।
त्यस अघि प्रदेश प्रमुखको सचिवालय तथा कार्यालय तय गरिएको रुपन्देही ब्यापार संघको भवनमा प्रदेश प्रमुखले पदभार ग्रहण गरेका थिए। सपथ ग्रहण समारोहमा रुपन्देहीका प्रतिनिधि सभाका लागि निर्वाचित सांसदहरु, अदालतका न्यायाधीशहरु, सुरक्षा निकायका अधिकारीहरु, सरकारी अधिकारी तथा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
त्यस्तै राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी ब्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा एमाले नेता बिष्णु पौडेल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलगायतको उपस्थित रहेको थियो।