PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

शपथपछि शेरधन राईले दोहोर्‍याए – मुख्य मन्त्री म नै हुँ



अनन्तराज न्यौपाने

शपथपछि शेरधन राईले दोहोर्‍याए – मुख्य मन्त्री म नै हुँ

विराटनगरः प्रदेश १ का ९३ सदस्यले आइतबार सपथ ग्रहण गरेका छन्।

स्थानीय वीरेन्द्र सभागृहमा आयोजित समारोहमा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेश सभाका जेठा सदस्य ओमप्रकाश सरावगीलाई सबैभन्दा पहिले शपथ ग्रहण गराए।

सरकारले विराटनगरलाई अस्थायी मुकाम तोकेको छ। 

यसपछि सरावगीले अन्य ९२ सदस्यलाई गराए।

प्रदेश १ मा एमाले, काङ्ग्रेस, माओवादी केन्द्र र फोरमबाट प्रदेश सभामा क्रमशः ३६, ८, ११ र १ जना निर्वाचित सदस्य छन्।
त्यस्तै समानुपातिकबाट १५, १३, ५ र २ जना छन्।

समानुपातिकबाट राप्रपाका १ सदस्य छन्।

प्रदेश सभाले तोक्छ राजधानी– प्रदेश प्रमुख तुम्बाहाङ

शपथ ग्रहण सकिएपछि स्थानीय सञ्चारकर्मीसित प्रमुख तुम्बाहाङले प्रदेशको राजधानीको टुङ्गो प्रदेश सभाले लगाउने बताए।

‘लोकतन्त्रमा जनताले निर्णय गर्छन्, ती जनताको प्रतिनिधत्व प्रदेश सभाले गर्छ’, गोविन्दको भनाइ थियो, ‘त्यसैले जनमत भत्रु नै प्रदेश सभाको निर्णय हो।’

अब छिटै प्रदेश सभाको कार्यालय स्थापना गरेर कामकारबाहीलाई अघि बढाइने प्रमुख तुम्बाहाङले जानकारी दिए।

मुख्य मन्त्री म हुँ-शेरधन राई

शपथ ग्रहणलगत्तै पूर्व सञ्चार मन्त्री एवम् भोजपुर जिल्लाबाट प्रदेश सभामा चुनिएका शेरधन राईले प्रदेशको मुख्य मन्त्री आफू नै हुने घोषणा गरे।

‘मैले आफूलाई योग्य ठानेर पार्टीका साथीहरू समक्ष मुख्यमन्त्रीका लागि दाबा गरिसकेको छु’, राईले भने, ‘अब छिटै पार्टीका सांसद्को बैठक बसेर नेता चुत्रे काम सम्पत्र हुनेछ। संसदीय दलमा मेरो बहुमत छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell