
मध्यमवर्गीय भारतीयको एजुकेसनमाथि बनेको फिल्म हिन्दी मिडियमले सन् २०१८ को फिल्म फेयर हात पारेको छ। उत्कृष्ट फिल्ममा अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै इरफान खानको फिल्म हिन्दी मिडियमले अब्बल स्थान हासिल गरेको हो।
उत्कृष्ट फिल्मका अलावा बेस्ट एक्टर इन लिङिङ रोल (मेल) अवार्ड पनि इरफान खानले यसै फिल्मबाट हासिल गरे।
फिल्म फेयरको ६३ औं श्रृंखलामा क्रिटिक्स अवार्डतर्फ वेस्ट फिल्म भने न्युटन रह्यो। उत्कृष्ट अभिनेता (फिमेल) विद्या वालनले फिल्म तुम्हारी सुलुबाट हात पारिन्। क्रिटिक्स अवर्ड वेस्ट एक्टरमा मेल तर्फ राजकुमार राव (ट्र्याप्ड) र फिमेल तर्फ जारिया वासमी (सेक्रेट सुपरस्टार)ले हात पारिन्।
उत्कृष्ट निर्देशक रहे वरेलीकी वर्फीका आश्विन य्यैर तिवारी।