PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पेरिसडाँडा पुगेर उत्तर कोरियाली राजदुतले भेटे प्रचण्डलाई, दिए कोरिया भ्रमणको निम्तो



पहिलोपोस्ट

पेरिसडाँडा पुगेर उत्तर कोरियाली राजदुतले भेटे प्रचण्डलाई, दिए कोरिया भ्रमणको निम्तो

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाकबीच भेटवार्ता भएको छ। 

राजदूत हाकले आज माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डलाई भेटेका हुन। 

भेटमा राजदुत हाकले नेपालमा वाम गठबन्धनले विजयप्राप्त गरेको भन्दै बधाई समतेत दिएका थिए। उनले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसमा अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरे। 

सो आवसरमा प्रचण्डले कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको प्रतिनिधिमण्डलले उपस्थिति जनाउने बताए।

अध्यक्ष प्रचण्डका पेस संयोजक मनहरी तिमिल्सिनाका अनुसार राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले–माओवादी बीच एकता हुन लागेको प्रचण्डले बताएका छन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell