PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

राष्ट्रपतिको कदमसँगै आम आदमीका २० विधायक अयोग्य ठहर, नैतिक समस्यमा केजरीवाल



पहिलोपोस्ट

राष्ट्रपतिको कदमसँगै आम आदमीका २० विधायक अयोग्य ठहर, नैतिक समस्यमा केजरीवाल

नयाँ दिल्ली: भारतको आम आदमी पार्टीका २० विधायक अयोग्य रहेको ठहर भएको छ।

राष्ट्रपति रामनाथ कोविन्दले चुनाव आयोगको सिफारिसमा उनीहरु अयोग्य भएको पत्रमा सही छाप लगाएका छन्।

योसँगै दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल नैतिक समस्यामा परेका छन्। 

बहुमत प्राप्त आम आदमीमा अझै पनि ४६ विधायक रहेका छन्। बहुमतका लागि ३६ विधायक आवश्यक हुन्छ। अयोग्यहरुलाई विधायक बनाएको भन्दै भारतीय जनता पार्टी र भारतीय कांग्रेसले मुख्यमन्त्री केजरीवालको राजीनामा मागिसकेका छन्।

केजरीवालले २० जनालाई संसदीय सचिवमा मनोनित गरेका थिए। २० विधायक अयोग्य रहेको भन्दै अदालतमा रिट परेपछि यसको सुनुवाइ केजरीवालको विपक्षमा आयो। अब यी पदहरु चुनावले चयन गर्ने भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell