PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एनभिए र एफएनसिसिआईबीच सवा करोडको सम्झौता: भलिबल इतिहासमै सर्वाधिक राशिको प्रायोजन



पहिलोपोस्ट

एनभिए र एफएनसिसिआईबीच सवा करोडको सम्झौता: भलिबल इतिहासमै सर्वाधिक राशिको प्रायोजन

काठमाडौं: नेपाल भलिवल संघ (एनभिए) र  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) बिच १ करोड २० लाखको सम्झौता भएको छ। एनिभिएका तर्फबाट एनभिएका अध्यक्ष मनोरन्जन रमण शर्मा र एफएनसिसिको तर्फबाट उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्तक्षर गरे।

तीन वर्षका लागि भएको सम्झौता अनुसार एफएनसिसिआईले वार्होगि १ करोड २० लाख प्रदान गर्नेछ।

नेपालको भलिबल इतिहासमा यो अहिलेसम्मकै सर्वाधिक रकमको प्रायोजन हो। यसअघि नेपाल स्याटलाइट कम्युनिकेशनसँग २ वर्षको लागि ४० लाखको सम्झौता गरेको थियो।

त्यस्तै एफएनसिसिआइ कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सात प्रदेशबाट एक एक वटा टिम सहभागी हुने कार्यक्रममा जनाइएको छ। प्रथम हुनेलाई ३ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कारको राशी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell