काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेशी गठबन्धन (फोरम–राजपा) संयुक्त रुपमा सहभागी हुने निर्णय यसअघि नै भइसकेको छ।
तर उम्मेदवारका विषयमा दुबै पार्टीले अहिलेसम्म निर्णय गर्न सकेको छैन।
राष्ट्रिय सभा सदस्यको उम्मेदवारी र निर्वाचनमा तालमेलका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक आज बस्यो।
दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बसेको बैठकले कुनै निष्कर्ष निकालेन। बैठकमा अध्यक्ष मण्डलका पाँचैजना अध्यक्षको सहभागी थिए।
बैठकमा अधिकांश नेताले वाम गठबन्धनसँग तालमेल गर्नपुर्ने राय राखेका थिए। आज कुनै निर्णय हुन नसकेपछि भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ।