PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

महासमिति बैठक नतोक्दा डाक्टर शेखर असन्तुष्ट



अनन्तराज न्यौपाने

महासमिति बैठक नतोक्दा डाक्टर शेखर असन्तुष्ट

  • अनन्तराज न्यौपाने -
विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठकले महासमितिको बैठकको मितिको निर्धारण नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

हालै सम्पत्र केन्द्रीय समिति बैठकले महासमिति बैठकको मिति तय गर्नुपर्थ्यो भन्दै नेता कोइरालाले असन्तुष्टि प्रकट गरेका हुन्।

'मैले त फागुन ७ गते गरौं भनेर मिति नै तोकेर बैठकमा कुरा राखेको थिएँ,’शेखरले भने, ‘बालकृष्ण खाँडजीले पनि गर्मी नलाग्दै भैरहवामा गरौँ भन्नुभएको थियो। तर, मिति तोकिएन। यसले गर्दा ‘कन्फ्युजन’ उत्पन्न भएको छ।’

मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सरिक हुन आइतबार अपराह्न विराटनगर आइपुगेका कोइरालाले पहिलोपोस्ट संवाददातासित कुरा गरेका थिए।

महासमितिको बैठकमा पार्टीको ‘अर्ली महाधिवेशन’को निर्णय गरेर भरसक आफू वा आफ्ना पक्षका कुनै नेतालाई पार्टी सभापति बनाउने डाक्टर कोइरालाको रणनीति छ।

केस कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले महासमितिको बैठक लम्ब्याउन नसक्ने दाबी गरे।

'ढिलो भयो भने चैत महिनासम्म पुग्ला, योभन्दा टाढा जाँदैन,’शेखरको विश्वास थियो, ‘राष्ट्रिय सभाको निर्वाचनपछि फेरि केन्द्रीय समितिको बैठक बस्ने कुरा छ। यही बैठकले महासमितिको निधो गर्नेछ।’

कोइरालाले प्रतिनिधि सभाको निर्वाचनमा सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसित नेपाली काङ्ग्रेसले तालमेल गरेको भए धेरै सिट जित्ने रहेछ भत्रे विचार व्यक्त गरे।

डाक्टर शेखरले मधेसी दल–निकटलाई सरकारले प्रदेश प्रमुखमा नियुक्त गर्नु आवश्यक थिएन भन्ने प्रतिक्रिया व्यक्त गर्दै चुनावमा तालमेल नगर्ने अनि किन प्रदेश प्रमुखमा नियुक्त गर्ने भन्ने प्रश्न गरे।

साथै प्रदेश प्रमुखको नियुक्ति गर्दा एक प्रदेशमा अर्को प्रदेशको बासिन्दा हुनुपर्ने भन्ने काशीराज दाहाल आयोगको सुझावलाई सरकारले उल्लङ्घन गर्नु बेठीक भएको आरोप लगाए।

उनले प्रदेश सभाको संसदीय दलका लागि विधान बनाउन पार्टी चुकेको टिप्पणी गर्दै तत्काललाई प्रतिनिधि सभाको विधानलाई अनुशरण गरेर भए पनि काम चलाउनु पर्ने धारणा प्रकट गरे।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell