काठमाडौं : राष्ट्रिय सभा निर्वाचन सम्बन्धी एमाले-माओवादी संयुक्त कार्यदलले बुझाएको रिर्पोट पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको छ।
राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठन भएको कार्यदले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको बाँडफाँड गरेको थियो।
कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा ६७ र ३३ अनुपातमा उम्मेदार बाँडफाँड गरेको थियो। राष्ट्रिय सभा निर्वाचनमा एमालेले २९ र माओवादीले १४ जना उम्मेदवार कार्यदलको निर्णय गरेको थियो। सोही अनुसार अब दलहरुले उम्मेदवारको नामावली निर्वाचन आयोगलाई बुझाउने छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने कार्यदलले बुझाएको रिर्पोट बैठकले अनुमोदन गरेको छ। यदि केही हेरफेर गर्न परे दुई पार्टीका अध्यक्षले हेरफेर गर्न सक्ने गरी सहमतिमा भएको छ।
साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डाको कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन गरेको छ।
समृद्धि र विकासबारे आगामी सरकारलार्य सुझाव दिन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल गठन गरेको हो।
कार्यदलमा नेकपा एमालेको तर्फबाट वामदेव गौतम, भीम रावल, डा. विजय पौडेल, डा. युवराज खतिवडा छन्।
माओवादीको तर्फबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन र डा. मीन बहादुर श्रेष्ठ कार्यदलका सदस्य रहेका छन्।
पार्टी एकाताबारे भने दुई अध्यक्षबीच जारी छलफललाई निष्कर्षमा पुर्याएपछि वैचारिक र सांगठानिक कार्यदल बनाउने निर्णय बैठकले गरेको छ।