PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

प्यारापिट भत्काएपछि खाली मैदानमै बसेर आहा रारा गोल्डकप हेर्दै दर्शक



नरहरि पौड्याल

प्यारापिट भत्काएपछि खाली मैदानमै बसेर आहा रारा गोल्डकप हेर्दै दर्शक

पोखरा : यहि माघ ९ देखि २० सम्म पोखरामा हुने १६औं संस्करणको आहा रारा गोल्डकप प्यारापिटबिनाको रंगशालामा हुने भएको छ। २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट पुनारो र जीर्ण बनेको अवस्थामा भूकम्पले समेत चिराचिरा बनाएपछि सरकारले ग्लोबल टेण्डरमार्फत नयाँ संरचना निर्माण थालेपछि रंगशालाका दुवै प्यारापिट भत्काईएको छ।

अब खेल हेर्ने दर्शकहरुले यस पटकको आहा रारा गोल्डकप खाली मैदानमै बसेर हेर्नु पर्ने छ। यद्यपी आयोजकले केही अस्थायी प्यारापिट निर्माण गर्ने बताएको छ।

प्रतियोगिता अवधी भर पुरानो प्यारापिट भत्काउने कार्यलाई भने रोकिएको छ। प्यारापिट भत्काउँदा निस्किएको फोहोर व्यवस्थापन अझै हुन सकेको छैन। यसले पनि १६औं सस्करणको आहा रारा गोल्डकप केही प्रभावित हुने भएको छ।

अव्यवस्थित र उदाङ्गो रंगशालामा फुटबलको रौनक यो वर्ष निकै कम हुने सम्भावना समेत छ। फुटबलप्रेमी दर्शकले यसपटक कष्टपूर्ढ बसाईँका बावजुत खेल हेर्नुपर्नेछ।

खुल्ला रंगशाला, प्यारापिट भत्काईएर यत्रतत्र ढुङ्गा माटो र फोहर धुलोमा नै यस पटको खेल सञ्चालन हुने छ। तर, आयोजक सहारा क्लबले सकेसम्म खेलस्थललाई व्यवस्थित बनाउने प्रयासमा रहेको जनाएको छ।

मैदानमा नियमित पानी व्यवस्थापन गर्ने, धुलो मार्ने काम भइरहेको छ। आयोजक दुबो उमार्न प्रयासरत छन्। खेलाडीहरु पनि नियमित प्रशिक्षण गर्दै शाख जोगाउने तयारी गरिरहेका छन्। प्यारापिट नभएकै समयमा क्लबले पुरस्कार राशीमा भने वृद्धि गरेको छ। जुले खर्च बढ्ने निश्चित छ। तर पनि प्रतिष्ठा जोगाउनुपर्ने जिम्मेवारीका लागि आयोजक डटेर लागेको छ।

प्रतिष्ठा जोगाउनकै लागि भएपनि दर्शकलाई फुटबलबाट मनोरन्जन प्रदान गर्न अस्थायी प्यारापिट बनाउने कार्य अगाडि बढाएको छ। तर,यो पर्याप्त भने छैन। हजारौंको उपस्थिती रहने ठाउँमा कतिको संख्यालाई अस्थाई प्यारापिटले धान्न सक्ला? यो सम्भव भने देखिदैन।

आयोजकले दर्शकलाई मनोरन्जनसँगै उपहारको योजना समेत समाबेश गरेको छ। भाग्यमानी दर्शकलाई आयोजकले यसपटक टिभी र स्कुटर चढ्ने अवसर प्रदान गर्दै छ । १६औं संस्करणमा विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गर्दा भाग्यमानी दर्शकले पनि स्कुटर पाउने छन्।

गोल्डकपको स्तरीयतासँगै पुरस्कार राशी वृद्धि गर्दै भाग्यमानी दर्शकले यो वर्ष स्कुटर प्रदान गर्ने निर्णयमा सहारा क्लब पुगेको हो। अर्को भाग्यमानी दर्शकले भने टेलिभिजन पाउने छन्

मोसफलमा रहेर फुटबल विकासमा महत्वपूर्ण योगदान दिदैं आएको सहारा क्लबले १६औं संस्करणको विजेतालाई ७ लाख १ हजार रुपैयाँ प्रदान गर्ने छ। जुन अघिल्लो वर्षको भन्दा २ लाख बढी हो। उपविजेताले तीन लाख ५१ हजार रुपैयाँ पाउने छ। हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितालाई प्रायोजित रकम समेत बढाएको छ।

सहारा क्लब अष्ट्रेलियाले दोस्रो पुरस्कार प्रायोजन गरेको छ। पृथ्वीराजमार्ग बस सञ्चालक समितिले उत्कृष्ठ ५ विधाको पुरस्कार प्रायोजन गरेको छ। हिरो ड्यासले सर्वोत्कृष्ठ पुरस्कार स्वरुप स्कुटर प्रदान गर्ने छ। सनराईज ड्राइभिङ स्कुल प्रालिले सर्वा्धिक गोलकर्ता पुरस्कार प्रायोजन गरेको छ। प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङ्गे)ले प्रतियोगितालाई ५० हजार आर्थिक सहयोग गरेका छन्।

माघ ९ गतेदेखि हुने गोल्डकपमा तीन विभागिय टोलीसहित ६ ए डिभिजन क्लब, दुई विदेशी, मोफसलको ३ र आयोजक क्लब गरी १२ टिमले प्रतिस्पर्धा गर्ने छन्। नेपाल आर्मी, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार, संकटा क्लब, धरान फुटबल क्लब, सुदुर पश्चिम-११ स्पोर्टिङ क्बल, रमपम झापा-११, युनाईटेड सिक्किम भारत, उत्तर बरिन्धरा क्लब बंगलादेश र आयोजक सहारा क्लबले सहभागिता जनाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell