PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रहरीको लाठी बज्रिँदा गुम्यो १५ वर्षीया मुनी पासवानको देब्रे आँखाको ज्योति



राधेश्याम पटेल

प्रहरीको लाठी बज्रिँदा गुम्यो १५ वर्षीया मुनी पासवानको देब्रे आँखाको ज्योति

वीरगंज: पर्सा प्रहरीका एक जना प्रहरी जवानले चलाएको लाठी लागी एक युवतीको बाँया आँखाको ज्योति गुमेको छ । वीरगंज–१६ नगवा की १५ वर्षीया मुनी पासवानको आँखाको ज्योति गुमेको हो ।

मुनीका बुवा भुषण पासवान नगवास्थित भुटनदेबि माइ मन्दिरका पुजारी हुन्। मुनीको परिवार मन्दिर परिसरमै घरगोठ गरी बस्दै आएका छन्। 

आज विहान ११ बजे गाँजा खाने युवकलाई समात्न जादा उनीहरुलाई लखेट्ने क्रममा लाठी चलाएको परिवारजनको भनाई छ।

अस्थायी प्रहरी पोस्ट नगवाका प्रहरी जवान दिपेन्द्र झाले चलाएको लाठीले मुनीको आँखामा गम्भीर चोट लागेको थियो ।

चोट लागेपछि प्रहरीले मुनीलाई नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारको लागि केडिया आँखा अस्पताल लगेका छन्।

बाँया आखामा गम्भीर चोटले आँखाको ज्योति गुमेको अस्पतालका प्रशासक प्रकाशकुमार बर्माले पुष्टि गरेका छन्।

यस घटनाको विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजन लिम्बुले बताए ।‘युवतीलाई उपचार गराई रहेका छौ, तर चोट कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन,’उनले भने,‘घटनाबारे छानबीन हुँदैछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell