PahiloPost

May 14, 2024 | १ जेठ २०८१

वीरगंज नगरसभामा चोर बाटो हुँदै पुगे उपेन्द्र यादवः भने–‘वीरगंंजलाई प्रादेशिक राजधानी बनाउन जरुरी छैन’



राधेश्याम पटेल

वीरगंज नगरसभामा चोर बाटो हुँदै पुगे उपेन्द्र यादवः भने–‘वीरगंंजलाई प्रादेशिक राजधानी बनाउन जरुरी छैन’

वीरग‌ंज: संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वीरगंजलाई प्रादेशिक राजधानी बनाउन जरुरी नरहेको बताएका छन्।

यादवले वीरगंज महानगरपालिकाको प्रथम नगर सभालाई सम्बोधन गर्नेक्रममा वीरगंजलाई प्रदेश नं २ को प्रादेशिक राजधानीको सट्टा देशकै आर्थिक राजधानी बनाउनु पर्नेमा जोड दिए। 

‘देशको राजनीतिक राजधानी काठमाडौं भए तापनि आर्थिक राजधानी वीरगंजलाइ नै बनाउनु पर्छ,’उनले भने,‘वीरगंज प्रदेशको राजधानी मात्र नभई पुरै नेपालको आर्थिक,व्यापारिक राजधानी हुन सक्छ।’

विश्वका विभिन्न देशका राजधानीपछि गएर अर्को ठाउँमा सारिनु परेको चर्चा गर्दै उनले प्रदेश नं २ सबैभन्दा पिछिडिएको प्रदेश पनि भएको औल्याएँ। स्रोत र साधनको रुपमा प्रदेश नं २ पछि परे पनि, जति छ, त्यतिकैलाई सही हिसाबले उपयोग गर्दै लानु पर्ने उनको जोड थियो। 

‘राज्यले विभेद गर्दा प्रदेश न २ मा झापा,मोरङ र सुनसरी गाभिन नसकेको हो’, उनले भने। त्यो भएको भए प्रदेश नं २ सात वटै प्रदेश भन्दा समृद्ध प्रदेश हुनेमा कुनै दुईमत नहुने भनी ठोकुवा गरे। 

‘अब जे छ, त्यसैलाई आत्मसात गरी दृढ संकल्पका साथ अघि बढनु पर्छ,’ उनले थपे। उनले मलेसियाबाट अलग भएर बनेको सिगापुरका नागरिकको ४० वर्षको कडा मेहेनतको बदौलत आज सिगापुर विश्वकै एक समृद्ध राष्ट्रको रुपमा खडा भएको मुलुक बनेको चर्चा समेत गरे।

‘वीरगंज बन्न सकेन भने जनताले औला उठाउछन्’


फोरम नेपालका अध्यक्ष यादवले वीरगंजका मेयर विजय सरावगीलाई उत्कृष्ट नगरको रुपमा वीरगंजलाई विकास गर्न निर्देशन दिएका छन्। उनले प्रदेश नं २ को एक मात्र महानगर वीरगंज बन्न नसके जनताले औला उठाउने स्वभाविक हुने चर्चा गर्दै वीरगंजलाई प्रदेश नं २ कै एउटा मोडेल र समृद्ध शहरको रुपमा विकास गर्न जरुरी रहेको बताए।

‘मेयर सा‘बको योजना महत्वकाक्षी छन्, सुधार गरेर हिम्मतका साथ वीरगंजलाई समृद्ध शहर बनाउनु पर्छ,’ उपेन्द्र यादवले भने, ‘यदि वीरगंजको विकास  भएन भने पार्टीले जनतालाई मुख देखाउन पनि लाज हुन्छ।’

चोर बाटो हुँदै यसरी टाउनहल पुगे यादव


फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव वीरगंज महानगरको प्रथम नगर सभा पुग्न चोर बाटो प्रयोग गरेका छन्। उनी गाडीबाट मध्यान्ह १२ बजे वीरगंज पुगेपछि उनलाई प्रहरीको कडा निगरानीमा मुख्य बाटोको सट्टा अर्कै बाटो कार्यक्रम स्थल नगरसभा गृह‘टाउन हल’ पु¥याइएको थियो। 

‘घण्टाघरको बाटो नभई उनकै पार्टीका जिल्ला नेताको सुझावमा अर्कै बाटो नगरसभा गृह लगिएको थियो,’पर्साका प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले भने। 

स्थानिय तहको चुनाव पछि पहिलो पटक वीरगंज आएका उपेन्द्र यादवलाई १७ दिन देखि वीरगंज राधनी बनाउनु पर्ने माग राख्दै अनशनरत दलका नेता कार्यकर्ताले कालो झण्डा देखाउने तयारी गरेको थाहा पाएपछि उनले रुट परिवर्तन गरी कार्यक्रम स्थल पुगेका हुन्।

पहिले घण्टाघर,माईस्थान,आदर्शनगर हुदैँ नगरसभा गृह लगिने कार्यक्रम थियो। यसैवीच,उनको विराधमा वीरगंजमा उनको पुतला दहन कालो झण्डा देखाउने काम पनि गरिएको छ।

आन्दोलन गर्ने वीरगंजमा अनि प्रदेश नं २ को अस्थायी राजधानी तोकिदा फोरम नेपालले कुनै विरोध वा तदारुपता नदेखाएकोले अनशनरत दलका नेताहरुले उनको विरोध गरेका हुन्।

अनशनरत दलमा काग्रेस,एमाले,माओवादी केन्द्रका नेताहरुको सहभागिता छ भने मधेशवादी दलका नेताहरुले अनशन बसेको दलकै केन्द्रीय नेताहरुले जनकपुर राजधानी तोकेकोले अनशनको अर्थ नरहेको बताउँदै आएका छन् भने राजधानीको विषयमा मौन रहेका छन्।

महानगरको बजेट ४ अर्ब २२ करोड


प्रदेश नं २ को एक मात्र महानगर वीरगंजले चालु आर्थिक वर्ष २०७४÷०७५ को लागि अन्तरिक नगर सभाबाट कुल ४ अर्ब २२ करोड,२५ लाख रुपैया विनियोजन गरेको छ। 

महानगरले व्यय तर्फ चालु खर्चमा १ अर्ब २३ करोड ५९ लाख र पूजीगत खर्च तपःृ २ अर्ब ९८ करोड ६६ लाख विनियोजन गरेको छ।कुल बजेटको चालु तर्फ २९ दशमलव २७ प्रतिशत र पूजीगत तर्फ ७० दशमलव ७३ प्रतिशत खर्च छुटियाइएको छ।

यसवीच महानगरले आय तर्फ कर,सेवा शुल्क र दस्तुरबाट २१ करोड,राजस्व बाडफाँडबाट रु ३ करोड,जनसहभागिताबाट रु २ करोड र नेपाल सरकारबाट शर्शत अनुदानबाट ३ अर्ब ४ करोड ६९ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ भने समानीकरण अनुदान रु ९० करोड ७ लाख,अन्य आय रु ११ लाख र गत वर्षको १ करोड ४७ लाख आम्दानी गर्दै कुल बजेटको रकम पुरा गर्ने अनुमान गरेको छ।

महानगरका मेयर विजय सरावगीले चालु आर्थिक वर्षको आयव्ययसहितको कार्य पत्र प्रस्तुत गरेका थिए।

चालु आर्थिक वर्षमा महानगरमा शिक्षा,स्वास्थ्य,यातायात,भौतिक पुर्वाधार,समाजिक तथा लैगिक विकास लगायत विभिन्न शिर्षकमा ५० वटा योजना ३२ वटा वडाको लागि प्राथमिकतामा राखेको छ।

वीरगंज महागनरका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीको सहजीकरणमा सम्पन्न नगर सभाको उदघाटन सत्रमा पर्सा क्षेत्र नं १ का सासद प्रदीप यादव,दुईका सासद विमल श्रीवास्तव,३ का सासद हरिनारायण रौनियार,वीरगंजकी उपमेयर शान्ति कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell